१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

बालबालिकाको अधिकार सम्बन्धी विधेयक सदनमा पेश


जनमञ्च संवाददाता
  • २८ फाल्गुन २०७८ , शनिबार

  • बालबालिकाको अधिकार सम्बन्धी विधेयक सदनमा पेश

    पोखरा –गण्डकी प्रदेश सभाको शुक्रबार बसेको बैठकमा बालबालिकाको अधिकार सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पेश भएको छ । विधायन समितिमा दफावार छलफलपश्चात सैद्धान्तिक छलफलका लागि सदनमा पेश गरिएको हो ।
    विधायन समितिका सभापति विष्णुप्रसाद लामिछानेले उक्त विधेयकका विषयमा समितिले सरोकारवाला र विज्ञसँग छलफल गरेको जानकारी दिए । बालबालिकाका मौलिक हक र संविधानले गरेको व्यवस्था अनुसार प्रदेशमा उक्त विधेयक तयार पारेको समितिले जनाएको छ ।
    प्रदेश सभामा उक्त विधेयकबारे सैद्धान्तिक छलफल गरेर पारित गर्ने सत्तापक्षको तयारी छ । सभामुख नेत्रनाथ अधिकारीले अर्को बैठक चैत ६ गतेका लागि बोलाएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend