बागलुङ, २ चैत – पराम्परागत रुपमा गरिदै आएको चैत्राष्टमी मेला चैत्र २४ देखि २८ गतेसम्म बागलुङ बजारमा आयोजना गरिएको छ । कालिका भगवती गुठी ब्यवस्थापन समितिको आयोजनामा मेला आयोजना गर्न लागिएको गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले वताए ।
चैत्राष्टमी मेलामा विगतकै कार्यक्रमहरुलाई समावेश गरिएको छ । राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता, कालिका कप भलिवल प्रतियोगिता, लोकभजन प्रतियोगिता, छेलो प्रतियोगिता आयोजना गरिएको मुल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका कुमार खड्काले वताए ।
मेलाको विशेष आकर्षण रहेको लोकदोहोरी प्रतियोगितामा प्रथम पुरस्कार ३ लाख, दोस्रो पुरस्कार १ लाख ५० हजार र तेस्रो पुरस्कार ७५ हजार राखिएको छ ।
कालिका कप भलिबल प्रतियोगितामा प्रथम पुरस्कार नगद ३ लाख, दोस्रो पुरस्कार १ लाख ५० हजार र तेस्रो पुरस्कार ७५ राखिएको छ ।
लोकभजन प्रतियोगितामा प्रथम पुरस्कार २ लाख, दोस्रो पुरस्कार १ लाख तथा तेस्रो पुरस्कार ५० हजार रुपैयाँ राखिएको छ । परम्परागत छेलो प्रतियोगितामा प्रथम पुरस्कार ११ हजार १ सय ११ तथा दोस्रो पुरस्कार ५ हजार ५ सय ५५ राखिएको छ ।
गण्डकी प्रदेशकै महत्वपूर्ण र ऐतिहासिक चैत्राष्टमी मेला कोरोना महामारीका कारण विगत २ बर्षदेखि संचालन हुन सकेको थिएन ।
