बागलुङ, २ चैत – जिल्लाको तमानखोला गाउँपालिका-१ सिनिकामा प्याराग्लाइडिङ दुर्घटनामा परि बुधबार ५४ वर्षिय ब्रिटिस नागरिक म्याकिन्तोष डोनाल्ड घाइते भएका छन् ।
स्थानीयले प्याराग्लाइडिङ रुखमा अड्किएर भुईँमा खसेको देखेपछि प्रहरी चौकी बोङ्गादोभानमा खबर गरेका थिए । प्रहरी चौकी बोङ्गादोभानका प्रहरी नायव निरीक्षक पदमबहादुर नेपालीको टोलीले ब्रिटिस नागरिक डोनाल्डलाई उद्वार गरेको थियो ।
घाइतेको सामान्य उपचारपछि थप उपचारको लागि हेलिकप्टरबाट पोखरा पठाईएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरक्षक विजय भण्डारीले जानकारी दिए ।
घाइतेको ढाड र बायाँ हातमा चोट लागेको छ भने प्याराग्लाईडिङ कहाँबाट टेकअफ भएको भन्ने खुलेको छैन । जिल्ला प्रहरी कार्यालय कास्की र स्याङ्जासंग बुझ्ने काम भईरहेको प्रहरीले जनाएको छ ।