१३ साउन २०८३ , बुधबार

१३ साउन २०८३ , बुधबार
  • १३ साउन २०८३ , बुधबार
  • July 29 2026

डिजेल र पेट्रोल लिटरमा पाँच रुपैयाँ बढ्यो


जनमञ्च संवाददाता
  • ३ चैत्र २०७८ , बिहिबार

  • डिजेल र पेट्रोल लिटरमा पाँच रुपैयाँ बढ्यो

    काठमाडौं, ३ चैत – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। डिजेल र पेट्रोलको मूल्य लिटरमा पाँच रुपैयाँ बढाएको हो।

    बुधबार रातीबाट लागू हुने गरी डिजेलको मूल्य लिटरको एक सय ३८ र पेट्रोलको मूल्य लिटरको एक सय ५५ रुपैयाँ पुगेको छ। त्यसैगरी, हवाई इन्धनको मूल्य आन्तरिकतर्फ लिटरमा १५ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रकि किलोलिटर दुई सय डलर बढेको छ।

    आईओसीबाट मूल्य बढेर आए पछि मुल्य वृद्धि गरेको नेपाल आयल निगमका सह-प्रवक्ता पुस्कर कार्कीले बताए। मूल्य वृद्धि गर्दा पनि निगमलाई १५ दिनमा  चार अर्ब ६६ करोड रुपैयाँ घाटा रहेको निगमले जनाएको छ।

    मूल्य वृद्धि गर्दा भारतको रक्सौलमा भन्दा वीरगन्जमा डिजेल ११ रुपैयाँ ५४ पैसा र पेट्रोल १८ रुपैयाँ ४२ पैसा सस्तो रहेको निगमले जनाएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend