१३ साउन २०८३ , बुधबार

१३ साउन २०८३ , बुधबार
  • १३ साउन २०८३ , बुधबार
  • July 29 2026

गोरखामा ४ लाख नगदसहित जुवा खालबाट १९ जना पक्राउ


जनमञ्च संवाददाता
  • ४ चैत्र २०७८ , शुक्रबार

  • गोरखामा ४ लाख नगदसहित जुवा खालबाट १९ जना पक्राउ

    गोरखा, ४ चैत – जिल्लाको बारपाक सुलिकोट गाउँपालिका-३ सौरपानीमा जुवा खेलिरहेका १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट झण्डै चार लाख नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

    स्थानीय सीता कुमारी आले मगरको घरको आँगनमा जुवा खेलिरहेका उनीहरुलाई बिहीवार राति १ बजे पक्राउ गरिएको हो ।

    पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका-५ का बुद्धि प्रसाद पोखरेल, राम प्रसाद पौडेल, होम बहादुर सार्की, कमल बहादुर सुर्खेती, रन्जन पोखरेल, सन्तमान गुरुङ, कृष्ण श्रेष्ठ, प्रेम कुमार श्रेष्ठ र वडा नम्वर ७ का राम बहादुर बराम रहेका छन् ।

    त्यस्तै बारपाक सुलिकोट गाउँपालिका वडा नम्वर २ का फेन बहादुर घले, वडा नम्वर ३ का धन बहादुर तामाङ, बिशाल आले, वडा नम्वर ४ का बिर बहादुर गुरुङ र लाल बहादुर गुरुङ पनि पक्राउ परेको प्रहरी निरिक्षक धर्म अधिकारीले बताए ।

    उनका अनुसार सिरानचोक गाउँपालिका-९ का मंगल बिक, धार्चे गाउँपालिका-४ का तिजमान गुरुङ, अजिरकोट गाउँपालिका वडा नम्वर ३ का बिष्णु अधिकारी, वडा नम्वर ४ का रत्नमान गुरुङ र वडा नम्वर ९ का सुक बहादुर घले पनि पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिहरु १९ देखि ७५ वर्ष उमेरसम्मका छन् ।

    जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १६ थान कौडा र ३ लाख ९० हजार रकम समेत बरामद भएको छ । सट्टाबाजी गर्न नहुने कसुर अन्तरगत शुक्रबार मुद्दा दर्ता गरेर आवश्यक कारवाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend