१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

नववर्षमा फेवा महोत्सवको तयारी सुरु


जनमञ्च संवाददाता
  • ५ चैत्र २०७८ , शनिबार

  • नववर्षमा फेवा महोत्सवको तयारी सुरु

    पोखरा, ५ चैत – होटल संघ पोखराले १७ औं फेवा नववर्ष महोत्सवको तयारी अगाडि बढाएको छ । यही चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखराको लेकसाइडस्थित अम्मटदेखि हल्लनचोकसम्मको सडकमा महोत्सव हुनेछ ।

    कोभिड– १९ का कारण दुई वर्षसम्म स्थगित् महोत्सवलाई यसपटक सडकमा आयोजना गरी निरन्तरता दिन लागिएको संघले जनाएको छ । अन्नपूर्ण केवलकार प्रालि महोत्सवको प्रायोजक रहेको छ । महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

    महोत्सव सम्पन्न गर्न संघका अध्यक्ष लक्ष्मण सुवेदीको संयोजकत्वमा विभिन्न उपसमितिहरु गठन गरिएका छन् । महासचिव एवं महोत्सवको प्रचार समितिका संयोजक राजेन्द्र ढकालका अनुसार महोत्सवमा खानाका परिकारसहित मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिएको छ ।

     

     

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend