१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

विद्यालय, खानेपानी र सडकका संरचना बनाउँदै बेरोजगार !


जनमञ्च संवाददाता
  • ५ चैत्र २०७८ , शनिबार

  • विद्यालय, खानेपानी र सडकका संरचना बनाउँदै बेरोजगार !
    संरचनाका लागि आवश्यक ढुंगा तयार गर्दै । तस्वीर : जनमञ्च

    बागलुङ, ५ चैत – जिल्लाको तमानखोला गाउँपालिका–१ बोंगादोभानकी सुशिला कामी दिनभर गाउँपालिकाले खटाएको ठाउँमा काम गर्छिन् । न्यून आय भएको परिवार धान्न धौ धौ भएकी सुशिलाले काम पाएपछि अहिले परिवार पाल्न सजिलो भएको छ । उनले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँमै काम पाएकी छन् ।

    दिनभरी काम गरेपछि साँझ उनले नेपाल सरकारले तोकेको पारिश्रमिक पाउँछिन् । महिनामा एकै पटक आउने भएपनि सुशिलाले दिनदिनै गर्ने कमाइको आधारमा खर्च गर्न र उधारो चलाउन सहज भएको छ । कहिले विद्यालयको खेलमैदान निर्माण त कहिले गोरेटो बाटो निर्माणका काममा खटिने सुशिला र उनका साथीहरु पहिरोले क्षति पु¥याएका सरकारी संरचनामा फलामे तारजाली लगाउने, खानेपानीको पाइपका लागि लाइन खन्ने काम पनि गर्छन् ।

    एकतर्फ सामाजिक काम गर्न पाएकोमा उनीहरु दंग छन् भने अर्कोतर्फ गाउँमा ज्याला मजदुरी गर्दाभन्दा धेरै पारिश्रमिक पाउँछन् । तमानखोला गाउँपालिकाले विद्यालयमा खेलमैदान, पर्खाल लगाउने, गोरेटोबाटो बनाउने, खानेपानीका संरचना बनाउने र चौतारी, पोखरीको संरक्षणलगायतका काममा प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागिहरुलाई लगाउने गरेको छ ।

    तमानखोला गाउँपालिका-२ कटेरी गाउँमा रहेको जनज्योति आधारभुत विद्यालयको खेलमैदान बनिरहेको छ । खेलमैदान निर्माणका लागि विद्यालयले जग्गा मात्रै देखाइदिएको हो । बाँकी काम प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागिले गरिरहेका छन् । यो त एउटा उदाहरण मात्रै हो । तमानखोला गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट यस्तै कयौं कामहरु गरेको छ ।
    ‘हामिले मजदुर आवश्यक हुने ठाउँमा रोजगार कार्यक्रममा सहभागिलाई लगाउने गरेका छौं’, तमानखोला गाउँपालिकाका रोजगार संयोजक चेतलाल चालिसेले भने ‘रोजगारीमा सहभागिहरु निकै खुसीका साथ काम गरिरहेका छन् ।’

    तमानखोला गाउँपालिकामा ६ सय ६८ जना बेरोजगारको सूचिमा सूचीकृत छन् । त्यसमध्ये ४ सय जनाले यो वर्ष पनि काम गरिरहेका छन् । ८० जना बेरोजगारहरुलाई १ सय दिनका दरले काम लगाउनेगरी नेपाल सरकारले दिएको ससर्त अनुदानमा गाउँपालिकाले ४ सय जनालाई काम लगाइरहेको चालिसेले बताए ।
    ‘बेरोजगारको सूचिमा रहेका मध्ये अधिकांशको अवस्था उस्तै छ, सरकारले बनाएको मापदण्डमा ४ सय जनानै पर्छन्’m उनले भने,‘सबैलाई सहभागि बनाउँदा ६०÷७० दिनका दरले काम पाउँछन्, ६ महिना खान नपुग्ने सबैलाई काम पाउँदा घर चलाउन सहज हुन्छ ।’

    कार्यक्रममा सहभागिले दिनको ५ सय ७७ रुपैयाँका दरले पारीश्रमीक पाउँछन् । यो पारीश्रमिक तमानका गाउँमा ज्याला मजदुरी गर्दापाउने पारीश्रमिक भन्दा धेरै हो । जिल्लामा कायम भएको दररेट ८ सय ५ रुपैयाँ छ तर प्रधानमन्त्री रोजगार कार्यक्रमले तय गरेको दररेट अनुसार पारिश्रमिक दिने गरिएको उनले बताए ।

    गाउँमा महिला र पुरुषमो पारिश्रमिक फरक÷फरक छ तर कार्यक्रममा सबैको समान पारिश्रमिक हुन्छ’, चालिसेले भने,‘समान कामको लागि समान ज्याला कायम गराउन कार्यक्रम प्रभावकारी बन्दैछ ।’ गाउँपालिकामा तीनै तहको सरकारका नजर नपुग्ने क्षेत्रमा रोजगार कार्यक्रमले सहयोग गरेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend