१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

निसीखोला भयो आलु र मकैको पकेट क्षेत्र


जनमञ्च संवाददाता
  • ५ चैत्र २०७८ , शनिबार

  • निसीखोला भयो आलु र मकैको पकेट क्षेत्र

    बागलुङ, ५ चैत – जिल्लाको निसीखोला गाउँपालिकालाई आलु र मकैको पकेट क्षेत्र घोषणा गरिएको छ । गाउँपालिकाको माथिल्लो उच्च क्षेत्रलाई आलु र तल्लो क्षेत्रलाई मकैको पकेट क्षेत्र घोषणा गरेको हो ।

    वडा नं. २ आलु र मकै तथा वडा नं. ५, ६ र ७ लाई आलुको पकेट क्षेत्र बनाएको कृषि शाखा प्रमुख ताराबहादुर परियारले जानकारी दिए ।

    गाउँपालिकाले गत वर्ष सात वटै वडामा विभिन्न फलफूल तथा खाद्यबाली पकेट क्षेत्र घोषणा गरेकामा यस वर्ष चार वडालाई आलु तथा मकैको पकेट क्षेत्र घोषणा गरिएको हो ।

    शाखा प्रमुख परियारले पकेट क्षेत्रमा उपभोक्ता समिति निर्माण गरी सम्झौतासमेत भइसकेकाले अब काम अगाडि बढ्ने बताए । वडा नं. ५ र ६ आलु उत्पादनका लागि अत्यन्तै उर्वर भूमि मानिन्छ ।

    यहाँका वडावासीले वर्षौंदेखि आलु उत्पादन गरी यसैबाट जीविकोपार्जनसमेत गर्दै आइरहेका छन् । निसेलढोर स्याउ र आलु उत्पादनका लागि बढी उर्वर भएपनि गाउँपालिकाले त्यहाँ कृषिका लागि बजेटको व्यवस्था गर्न नसकेको स्थानीयवासीले बताए ।

    ढोरपाटन सिकार आरक्षसमेत पर्ने निसेलढोरमा हरेक वर्ष स्थानीयवासीले लाखौँका स्याउ, आलु र सिमी उत्पादन गर्दै आएका छन् । त्यस क्षेत्रमा उत्पादन बढाउन गाउँपालिकाको ध्यान पुगेको थिएन ।

    गाउँपालिकाले कृषिका लागि यस वर्ष रु ४० लाख बजेट विनियोजन गरेको उल्लेख गर्दै शाखाप्रमुख परियारले यसबाट कृषकलाई उन्नत जातका बीउबिजन वितरण र माटो शिविर सञ्चालन गरिने बताए ।

    गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले कृषकलाई समय-समयमा कृषि परामर्श तथा तालिमसमेत दिँदै आएको र अब केही अनुदानका कार्यक्रम पनि सञ्चालन गरिने जानकारी दिए ।

    यहाँका कृषकले अझै पनि परम्परागत खेती प्रणाली अपनाउँदै आएकाले अब आधुनिक प्रविधिको प्रयोग गर्न गाउँपालिकाले जोड दिँदै आएको जनाइएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend