१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

बहिरा महासंघ गण्डकीको साधारणसभा, दोभाषे नहुँदा समस्या


जनमञ्च संवाददाता
  • ६ चैत्र २०७८ , आइतबार

  • बहिरा महासंघ गण्डकीको साधारणसभा, दोभाषे नहुँदा समस्या

    पोखरा, ६ चैत – राष्ट्रिय बहिरा महासंघ गण्डकी प्रदेशको प्रथम वार्षिक साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । प्रथम साधारण सभाले गण्डकी प्रदेशका विभिन्न सरकारी निकायमा दोभाषे राख्न पहल गर्ने तथा अपांगहरुका अधिकारका लागि आवश्यक कदमका चाल्ने निर्णय गरेको छ ।

    साधारण सभाले बहिराहरुले विभिन्न निकायमा भोग्न परेको समस्याका समाधानका लागि के कसरी जाने भन्ने विषयमा छलफल समेत गरेको थियो । कार्यक्रममा बोल्दै राष्ट्रिय बहिरा महासंघ गण्डकीकी उपाध्यक्ष प्रमिला थकालीले सरकारी र गैरसकारी कार्यालयमा दोभाषे नहुँदो निकै समस्या खेप्नुपरेको सुनाइन् । महासंघले दोभाषेसम्बन्धी प्रशिक्षण दिए पनि प्रयोग हुन नसक्दा समस्या नसल्टिएको उनको जिकिर थियो ।

    संघका पूर्वअध्यक्ष राजेन्द्र शर्माले दोभाषेको प्रयोग नहुँदा बहिराहरुको भाषा लोप हुन सक्ने खतरा रहेको बताए । उनले गण्डकीमा ११ वटै जिल्लामा दोभाषेको व्यवस्था हुनुपर्नेमा जोड दिए । श्रवण दृष्टिविहीन नेपालका कोषाध्यक्ष आशा गुरुङले बहिरा तथा दृष्टिविहीनका लागि दोभाषे अत्यावश्यक रहेको सुनाइन् । नेपाल सांकेतिक भाषा दोभाषे संघका अध्यक्ष दीनेश श्रेष्ठले अपाङ्गता भएकाहरुलाई कानूनले केही अधिकारको व्यवस्था गरे पनि व्यवहारमा कार्यान्वयन नभएको बताए ।

    बहिरा भएकाहरु अस्पतालदेखि सरकारी निकायसम्म जाँदा निकै समस्या खेप्न बाध्य भइरहेको उनले बताए । स्थानीय तथा तथा प्रदेशका मन्त्रालयहरुमा मात्रै भए पनि दोभाषेको व्यवस्था भए आफूहरुको पहुँच सहज हुने उनको धारणा थियो ।
    राष्ट्रिय अपांग संघ गण्डकीका अध्यक्ष खोमराज शर्माले अपांगको क्षेत्रमा राज्यले देखिनेगरी रणनीतिक योजना ल्याउनुपर्नेमा जोड दिए । अपांग नीतिमा संचार समस्याका समाधान हुुनुपर्नेमा उनको जोड थियो । गण्डकी बहिरा संघ कास्कीका सल्लाहकार हरिप्रसाद बरालले राज्य अपांगको क्षेत्रमा राज्यले जति गर्नुपर्ने त्यति नगरेको बताए ।

    राष्ट्रिय बहिरा संघ नेपालका केन्द्रीय अध्यक्ष केपी अधिकारीले राज्यले अपांगमाथि हेपाहा प्रवित्ति देखाएको आरोप लगाए । उनले महिला तथा बालबालिकाको क्षेत्रमा लाखौं रकम विनियोजन हुँदा अपांगको क्षेत्रमा भने २० हजार रुपैयाँभन्दा माथि नछुट्याएको गुनासो गरे । उनले आगामी निर्वाचनमा अपांगका हकहितका लागि अपांग आफै पनि उम्मेदवारको रुपमा खडा हुनुपर्ने बताए ।

    पोखरा महानगरपालिकाका प्रवक्ता तथा पोखरा ५ का वडाध्यक्ष धनबहादुर नेपालीले विधि र विधानले भ्याएसम्म महानगरमा दोभाषे राख्नका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले कतिपय शीर्षकका बजेट फ्रिज हुने अवस्था आइरहेको सुनाउँदै जनप्रतिनिधिको अयोग्यताका कारण त्यो अवस्था आएको स्वीकारे ।

    विकास घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सन्तोष पौडेलले गरेका थिए । दोभाषेहरु मिरा विष्ट, लक्ष्मी श्रेष्ठ, पूजा किसान र अर्चना रोकाले कार्यक्रमको सहजीकरण गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend