बागलुङ, ६ चैत – नेकपा एमालेको जनसंगठन अखिल नेपाल महिला संघ काठेखोला गाउँपालिकाको अध्यक्षमा चित्राकुमारी थापा (शारदा) चयन भएकी छन् । शुक्रवार भएको प्रथम सम्मेलनले थापाको अध्यक्षतामा ४५ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा कोपीला पुन, सचिवमा सरिता आचार्य गौतम, उपसचिवमा सीता खड्का र कोषाध्यक्षमा धनमाया विक चयन भएका छन् । सम्मेलनको उद्घाटन नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज सावित्रा रानाले गरिन । उनले आगामी निर्वाचनमा एमालेलाई जिताउनका लागि महिलाहरुको सक्रिय सहभागिता आवश्यकता भएको वताईन ।

रानाले संविधानमा महिलाको ३३ प्रतिशत सहभागिता गराउन नेतृत्वदायी भूमिका खेल्ने, राज्यका प्रमुख अंगमा महिलालाई पु¥याउने, महिला मुक्ति र समृद्धिका लागि स्पष्ट योजना सहित अगाडि बढेको एमालेलाई जिताउदा मात्रै महिला र मुुलुकको समृद्धि हुने बताईन।
कार्यक्रममा अनेम संघ केन्द्रीय सदस्य भीमा अधिकारी, गंगा शर्मा, नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापा, अनेमसंघ प्रदेश कमिटी सदस्य लक्ष्मी बोहरा, नेकपा एमाले जिल्ला सदस्य कोपिला पुन, नेकपा एमाले काठेखोला गाँउ कमिटी अध्यक्ष डिल बहादुर कार्की, सचिव विद्यापति शर्मा, नेकपा एमाले काठेखोला ६ वडा कमिटी अध्यक्ष थानेश्वर कँडेल लगायतले शुभकामना मन्तव्य व्यक्त राखेका थिए ।
कार्यक्रम एमाले जिल्ला सचिवालय सदस्य तथा अनेमसंघ काठेखोला इन्चार्ज चित्रकला छन्त्यालको अध्यक्षता, नेकपा एमालेका जिल्ला सदस्य चित्रकुमारी थापाको स्वागत र एमाले जिल्ला सदस्य मिना सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।