पोखरा, ७ चैत – आसन्न निर्वाचनलाई मध्यनजर गर्दै नेकपा एमालेले टोल कमिटी गठनलाई तीव्रता दिएको छ । यही उपक्रममा वडा कमिटी पोखरा १९ ले वडाभित्र १० भन्दा बढी कमिटी गठन गरेको नेता डिल्लीराम पौडेलले जानकारी दिए ।
पछिल्लो समयमा साविकको लामाचौर गाविस वडा नं ७ र ८ को संयुक्त भेलाले पोषराज पौडेलको अध्यक्षतामा १९ सदस्यीय ७ नंवर टोल कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा शारदा पौडेल, सचिवमा नारायण अधिकारी, उपसचिवमा एकनाथ पौडेल र विमला पौडेल तथा मनबहादुर सुनारको अध्यक्षतामा १७ सदस्यीय ८ नम्बर टोल कमिटी गठन गरिएको हो ।
कमिटीको उपाध्यक्षमा वविता सुनार, सचिवमा गोपाल पौडेल, उपसचिवमा यादव सुनार र थमबहादुर सुनार चयन भएका छन् ।