१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

स्कुल बस र स्कुटर ठोक्किंदा पोखरामा एक जनाको मृत्यु


जनमञ्च संवाददाता
  • १० चैत्र २०७८ , बिहिबार

  • स्कुल बस र स्कुटर ठोक्किंदा पोखरामा एक जनाको मृत्यु

    पोखरा, १० चैत – स्कुल बसले स्कुटरलाई ठक्कर दिँदा बिहीबार बिहान एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ घर भई हाल पोखरा महानगरपालिका-१४ चाउथे बस्ने १९ वर्षीय किस्मत वाग्ले रहेका छन् ।

    दुर्घटना आज (बिहीबार) बिहान करिब ६ बजेतिर भएको जिल्ला प्रहरी कास्कीले जनाएको छ । किस्मतले चलाइरहेको स्कुटर एक पैदलयात्री महिलालाई ठक्कर दिएर स्कुल बससँग ठोक्किएको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

    चाउथेबाट विजयपुरतर्फ आउँदै गरेको ग२२प ००७ नम्बरको स्कुटरले सुरुम  ३२ वर्षीय टेकमाया घर्तीलाई ठक्कर दिएको थियो । लगत्तै विपरीत दिशाबाट आइरहेको पोखरा १५, रामबजातस्थित गोल्डेन फ्युचर बोर्डिङ स्कुलको ग१क ९९६ नम्बरको बसमा ठोक्किन पुगेको थियो ।

    स्कुटर चालक घाइते वाग्लेलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

    स्कुटरको ठक्करबाट घाइते पैदलयात्रीको लेखनाथ सिटी अस्पताल शिशुवामा उपचार भएको र अवस्था सामान्य रहेकाले डिस्चार्ज गरिसकिएको डीएसपी तिवारीले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend