१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

अमेरिकामा चैतेदशैं मेला गर्न बागलुङ समाजले बनायो समिति


जनमञ्च संवाददाता
  • ११ चैत्र २०७८ , शुक्रबार

  • अमेरिकामा चैतेदशैं मेला गर्न बागलुङ समाजले बनायो समिति

    बागलुङ, ११ चैत – बागलुङ जिल्लामा घर भई हाल अमेरिकामा रहेका नेपालीहरुको साझा संस्था बागलुङ समाज अमेरिकाले चैतेदशैं मेला गर्ने भएको छ । समाजले हिन्दुहरुको पवित्र उत्सव चैत्राष्टमीको अवसरमा चैते दशैं मेला तथा नेपालीहरुको नयाँबर्ष २०७९ को अवसरमा कार्यक्रम आयोजना गर्न लागिएको समाजका अध्यक्ष विपिन श्रेष्ठले वताए ।

    कार्यक्रमलाई भब्य र सभ्य रुपमा समपन्न गर्नका लागि समाजले विभिन्न समितिहरु निर्माण गरेर काम अगाडि बढाइएको छ । आर्थिक ब्यवस्थापन समितिमा योगेन्द्र राज पराजुली, बिपिन श्रेष्ठ, राजेन्द्र भण्डारी, नीर बहादुर थापा, नीर बहादुर क्षेत्री, लाल कुँवर, लोक छन्त्याल र सन्तोष खत्री रहेका छन् ।

    भौतिक ब्यवस्थापन समितिमा मनीलाल विक, बिनित पराजुली, तेज बहादुर खत्री, सन्तोष खत्री, लाल बहादुर कुवँर, ओमकार मगर, सम्राट खड़का, दिपक ढुंगाना, अनिल भण्डारी, बिमल शर्मा, बुद्धि खड़का र शुशील क्षेत्री रहेका छन ।

    प्रचार प्रसार समितिमा टुकराज शर्मा, बिप्लप उपाध्याय, राजन क्षेत्री र प्रकाश श्रेष्ठ, खेलकुद सञ्चालन समितिमा ईश्वर थापा, निम शाहनी, रबिन्द्र अधिकारी, दीपेश अधिकारी, ओमकार मगर, लोक छन्त्याल र राम कार्की रहेका छन् ।
    त्यस्तै स्वमसेवक परिचालन समितिमा विकाश जिसी, शंकर खडका, प्रदीप खडका, पुरन जिसी, ईश्वर शर्मा र
    नरेश आचार्य रहेका छन् ।

    सांस्कृतिक एवं मनोरञ्जन र मूलकार्यक्रम संचालन समितिमा राजन ठकुरी, सुन्दर हमाल, गोपाल पौडेल, टुकराज शर्मा, नीर थापा र खेम पुन रहेका छन् । समाजले मेला र नयाँ बर्ष कार्यक्रमलाई भब्यरुपमा समपन्न गर्न सवै नपालीसंग अपिल गरेको अध्यक्ष श्रेष्ठले वताए । मेलामा खेलकुद, सांस्कृतिक, बनभोज लगायतका कार्यक्रम समावेश गरिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend