१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026
विद्यालयको आफ्नै उपचार कक्ष: शाक्य

विद्यामन्दिरमा शैक्षिक गुणस्तर बढ्न थाल्यो


जनमञ्च संवाददाता
  • १५ चैत्र २०७८ , मंगलबार

  • विद्यामन्दिरमा शैक्षिक गुणस्तर बढ्न थाल्यो

    बागलुङ, १५ चैत – धौलागिरीको पुरानो विद्यामन्दिर माविले गुणस्तर विकास गर्दै अगामी चार वर्षभित्र २ हजार विद्यार्थी पु¥याउने भएको छ । हाल १ हजार ३ सय ५० विद्यार्थी पढ्ने गरेकोमा आगामी शैक्षिक वर्षदेखि कक्षा ८ सम्म अंग्रेजी माध्यममा पढाई गरेर संख्या बढाउने लक्ष्य राखिएको हो ।

    विद्यालयमा प्रवेश गरेपछि बालबलिकाको सबै जिम्मा लिएर पढाइको गुणस्तर बढाउने, बिपन्न परिवारका बालबालिकलाई पोशाक र शैक्षिक सामाग्री बितरण गर्ने, पुस्तकालयमा पहुँच बढाउने लक्ष्य राखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यले बताए ।

    विद्युतीय पुस्तकालयमार्फत शैक्षिक सामाग्री बढाउने, कक्षा ११ मा डिजिटल कक्षा कोठा बनाएर कक्षा १२ सम्म पु¥याउने, आधुनिक कम्प्युटर ल्याब निर्माण गर्ने योजना शाक्यले सुनाए ।

    सोमबार पत्रकार सम्मेलन गरेर शाक्यले आफ्नो कार्यकालको चार महिनामा थालिएका कामको जानकारी गराए । यो अबधिमा विद्यालयमा सिसि क्यामेरा जडान गरिएको छ । प्रअले सबै कक्षाको अनुगमन गर्न सक्ने वातावरण बनेको छ । स्मार्ट विद्यालय सफ्टवेयर जडान भएको छ ।

    विद्यालयले यो समयमा आफ्नै बेवसाइट बनाएको छ । सभाहल बनाएर प्रयोगमा ल्याएको छ । शौचालय व्यवस्थित बनेको, जंकफुड निशेध र बिद्यार्थी कल्याण कोष बनाइएको शाक्यले जानकारी दिए ।

    विद्यालयको आफ्नै उपचार कक्षसमेत छ । विद्यालय नर्स कार्यक्रम अनुसार नगरपालिकाबाट एक जना नर्स शिक्षकको दरबन्दी दिइएको छ । उनले विद्यार्थीको स्वास्थ्य परीक्षण, औषधी बितरण, किशोरीहरुलाई आइरन चक्की खुवाउने, महिनाबारी भएमा निशुल्क प्याडको व्यवस्था पनि गरिएको हो ।

    पढाइको गुणस्तरसँगै चुस्त प्रशासनमा ध्यान दिएको प्रधानाध्यापक शान्तमणी ढकालले बताए । विद्यालयको छात्रावासमा महिला शिक्षकनै इन्चार्ज बनाइएको, अनावस्यक शिक्षक हटाएर आर्थिक श्रोत बचाएको तथा विज्ञान संकायमा कक्षा थप गरेर पढाउने व्यवस्था मिलाएको समेत ढकालले जानकारी दिए ।

    पत्रकारहरुले विद्यालयको कर्मचारी व्यवस्थापन, छात्रावास, शिक्षकहरुको दोहोरो सुविधलगायतका बिषयमा जिज्ञाशा राखेका थिए । प्रअ ढकाल र अध्यक्ष शाक्यले ती प्रश्नको जवाफ दिए । विद्यालयले सार्वजनिक कार्यक्रमबाहेक पत्रकार सम्मेलन गरेर सूचना दिएको पहिलो पटक हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend