१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026
पर्यटन तथा होटल व्यवसायीहरुका लागि व्यवसायीक तथा क्षमता अभिबृद्धि कार्यक्रम

अब जिल्ला जिल्लामा पर्यटन कार्यालय: मन्त्री कँडेल


जनमञ्च संवाददाता
  • १५ चैत्र २०७८ , मंगलबार

  • अब जिल्ला जिल्लामा पर्यटन कार्यालय: मन्त्री कँडेल

    बागलुङ, १५ चैत – गण्डकी प्रदेशका पर्यटन, उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री मणिभद्र शर्मा कँडेलले पर्यटन क्षेत्रमा पर्यटकको संख्यासँगै सेवाको गुणस्तर बढाउन आग्रह गरेका छन् । कोरोना महामारीपछि थला परेको पर्यटन व्यवसायलाई उकास्न पर्यटन क्षेत्रका व्यवसायीले संख्यामा बढी ध्यान दिएको भन्दै मन्त्री कँडेलले आफ्ना सेवाहरुको विकासमा समेत ध्यान दिन आग्रह गरे ।

    ‘केही दिनअघि पोखरामा पर्यटकको एक समुहले एकैदिनमा दुई लाख तिर्ने कोठा चाहियो भनेर प्रस्ताव पठाए, उनीहरुको प्रस्ताव अनुसारको कोठा हामीसँग थिएन्, यहि बिषय अहिले चर्चामा छ’ मन्त्री कँडेलले भने ‘पर्यटकलाई आउ भनेर मात्रै भएन, बस, खाउ भन्ने वातावरण र सुविधा हामीले दिनसक्नु पर्यो नि ।’

    सोमबारबाट बागलुङमा सुरु भएको पर्यटन तथा होटल व्यवसायीहरुका लागि तीन दिने व्यवसायीक तथा क्षमता अभिबृद्धि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कँडेललले पर्यटन क्षेत्रमा नयाँपन आवश्यकता रहेको औल्याए । ‘पर्यटक केलाई भन्ने, स्पष्ट परिभाषा गर्न सकिन्छ र ?’ उनले भने ‘प्रकृति, संस्कृति र हरेक क्षेत्रमा नयाँपन पर्यटन हो, व्यवसायीहरु नयाँ पन दिन लाग्नुहोस, तब मात्रै पर्यटक आउँछन् ।’

    मन्त्री कँडेलले पर्यटन क्षेत्रमा पनि विश्वासको संकट परेको भन्दै विश्वासको आवश्यकता औंल्याए । व्यवसायीलाई सहयोग गर्ने गरी पर्यटन नीति बनाउने तयारी भैरहेको भन्दै मन्त्री कँडेलले आउँदो साउन महिनादेखि जिल्ला जिल्लामा कार्यालय स्थापना गरेर पर्यटन सम्बन्धि गतिबिधि सञ्चालन गरिने बताए ।

    कार्यक्रममा मुक्तिनाथ बेद विद्याश्रमका संरक्षक ऋषि स्वामी प्रपन्नाचार्यदे स्वदेशी उत्पादनको प्रयोगमा जोड दिए । पर्यटकको सम्मानका लागि प्रयोग हुने खादा मालादेखि मन्दिरमा चढ्ने फुलसमेत आयात हुने गरेको भन्दै उनले स्थानीय उत्पादनको प्रयोगले देश समृद्ध बन्ने बताए ।

    होटल व्यवसायी संघ गण्डकी प्रदेश समितिले नेपाल पर्यटन बोर्डको प्रायोजनमा कार्यक्रम आयोजना गरेको हो । तीन दिन सञ्चालन हुने कार्यक्रममा सहजिकरण पर्यटनविद प्रकाश रेग्मीले गर्नेछन् । होटल तथा रेष्टुँरा व्यवसायी संघ बागलुङ र पर्यटन विकास समिति बागलुङले कार्यक्रममा समन्वय गरेका छन् ।

    उद्घाटन कार्यक्रममा संघका केन्द्रिय सदस्य बाबुराम शर्मा, प्रशिक्षक प्रकाश रेग्मी, उद्योग बाणिज्य संघका पूर्व केन्द्रिय सदस्य निर्माण कुमार श्रेष्ठलगायतले बोलेका थिए । संघका अध्यक्ष अर्जुन चोखालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तालबहादुर कुँवरले गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend