११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

तमानखोलामा अधिकांस योजना सकिए: अध्यक्ष बुढा


जनमञ्च संवाददाता
  • १५ चैत्र २०७८ , मंगलबार

  • तमानखोलामा अधिकांस योजना सकिए: अध्यक्ष बुढा

    बागलुङ, १५ चैत – कतिपय पालिकामा तेस्रो चौमासिक लागेपछि मात्रै योजनाहरु सम्झौता गर्ने र हतार हतार काम गरेर भुक्तानी लैजाने चलन छ । जिल्लाका विकासे कार्यालयमा पनि यो क्रम छ । तर तमानखोलाले चालु वर्षका अधिकांस योजना सम्पन्न गरिसकेको छ ।

    चालु आर्थिक वर्षको लागि सूचिकृत भएका ८३ वटा योजनामध्ये तमानले १८ वटा फरफारक गरिसकेको छ भने ४७ वटाको पनि काम सकेको हो । बाँकी १७ योजना मात्रै निर्माणाधिन छन् । सडक, भवनलगायतका धेरै काम सकिएको इन्जिनियर अर्जुन यादवले बताए ।

    नेपाल सरकारको सशर्त अनुदानमा संचालित हुने बोङगादोभान, बोङखानी ढोरपाटन सडक मात्रै टेन्डर प्रक्रियामा पुगेको उनले बताए । ‘आफ्नो बजेटबाट गर्ने कामलाई हामीले कात्तिकमै टेन्डर प्रक्रियाबाट टुंगाएका थियौं’ यादवले भने, ‘कतिपय योजनाहरु उपभोक्ता समितिमार्फत गरिएकोले ती योजना पनि कात्तिक मंसिरमै सम्झौता गर्दै काम थाल्दै भएका थिए ।’

    चालु बर्ष सम्पन्न गर्नुपर्ने विद्यालयका भवनहरु पुरा भएर भुक्तानी भैसकेको, ग्रामीण सडक मर्मतका काम पनि समयमा भएको अध्यक्ष जोकलाल बुढाले बताए । ‘प्रदेश सरकारको रणनीतिक योजनामा समेटिएको एउटा सडकमा भने दोहोरोपन हुने भएर हामीले लगानी गरेनौं, त्यही सडकमा बरु काम भएको छैन’ बुढाले भने, ‘उपभोक्ता समितिबाट गरिने धेरै काम समयमा भएका छन् ।’ ठेकेदारमार्फत गर्ने काममा भने ताकेता गर्नुपरेको उनले बताए ।

    तमान गाउँको विद्यालय खेल मैदान निर्माण, ससाना बस्तीसम्म पुग्ने ग्रामीण सडक समयमै बनेर अनुगमन पनि भएको हो । त्यस्तै बोङगादोभान खोलेस्वाङ मोटरबाटो मर्मत, बराहताल घेराबार, भयरबोङगादेखि खोलेस्वाङ जाने पहुँच सडक निर्माण सम्पन्न भएको हो ।

    कृषि, पशुपालन, खानेपानी लगायतका योजनामा पनि नियमित काम भएको बुढाले बताए । वडा नंं ४ मा ५० लाखको लागतमा झोलुंगे पुल निर्माण भएको छ । बालबालिकालाई विद्यालय जान अप्ठ्यारो भएकोमा यो पुल बनेपछि सहज भएको वडा अध्यक्ष उदिम छन्त्यालले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend