पोखरा, १५ चैत – बागलुङ समाज पोखराको अध्यक्षमा डिल्लीप्रसाद शर्मा चयन भएका छन् । शनिवार भएको समाजको २१ औं साधारणसभा तथा ११ औं अधिवेशनले शर्मालाई सर्वसम्मत रुपमा समाजको अध्यक्षमा चयन गरेको हो ।

समाजको उपाध्यक्षमा ठाकुरप्रसाद सापकोटा, सचिवमा नरेश सुवेदी, सहसचिवमा मीना थापा र कोषध्यक्षमा भवानीशंकर शर्मा पनि सर्वसम्मत रुपमा नै चयन भएको समाजले जनाएको छ । समाजको कार्य समिति सदस्यमा बालकृष्ण सापकोटा, गंगाबहादुर पुन, तीलकबहादुर थापा, प्रकाश मल्ल, लक्ष्मी सापकोटा र हरि सुनारलाई चयन गरेको ।

समाजका अध्यक्ष सुनिल पाण्डेको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन शत्रमा उच्च अदालत पोखराका रजिस्ट्रार श्रीलाल पौडेल, जिल्ला अदालत कास्कीका न्यायाधीश विष्णुप्रसाद उपाध्याय र उच्च अदालतका सरकारी वकिल खेम पाठक लगायतले समाजको प्रगतिको कामना गर्दै शुभकामना ब्यक्त गरेका थिए ।
