१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

पिकअप भ्यान दुर्घटनामा एमाले ढोरपाटन नगर अध्यक्ष ऋतुबर्णको मृत्यु


जनमञ्च संवाददाता
  • १५ चैत्र २०७८ , मंगलबार

  • पिकअप भ्यान दुर्घटनामा एमाले ढोरपाटन नगर अध्यक्ष ऋतुबर्णको मृत्यु

    बागलुङ, १५ चैत – जिल्लाको निसीखोला गाउँपालिकामा पिकअप भ्यान दुर्घटना हुँदा नेकपा एमाले ढोरपाटन नगर कमिटीका अध्यक्ष ऋतुबर्ण पौडेलको मृत्यु भएको छ ।

    निसीखोलाबाट बुर्तिबाङ बजारतर्फ आउँदै गरेको लु १ च ९४८० नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा ढोरपाटन नगरपालिका–१ का पौडेलको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा अर्का जना गम्भिर घाईते भएका छन् । दुर्घटनामा रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिकाका ३८ बर्षिया सुरेश थापा गम्भिर घाईते भएको प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

    घाईतेको उपचारका लागि धौलागिरी अस्पताल बागलुङ ल्याईंदै गरेको प्रहरी नायव उपरीक्षक हवारीले बताए ।
    पिकअप भ्यान सडकदेखि १५० मिटर तल खोलामा खसेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend