१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

गण्डकी गाउँपालिकाले दिनथाल्यो अविवाहित वृद्धलाई भत्ता


जनमञ्च संवाददाता
  • १७ चैत्र २०७८ , बिहिबार

  • गण्डकी गाउँपालिकाले दिनथाल्यो अविवाहित वृद्धलाई भत्ता

    गोरखा, १७ चैत – गण्डकी गाउँपालिकाले अविवाहित वृद्धलाई मासिक १५ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिने भएको छ । गत असारको गाउँसभाबाट पास गरेर चालु आर्थिक वर्षबाट भत्ता उपलब्ध गराउन लागेको हो ।

    एकल पुरुष सामाजिक सुरक्षा भत्ता सञ्चालन कार्यविधि २०७८ निर्माण भइसकेको गाउँपालिकाका सामाजिक सुरक्षा शाखाका प्रमुख रिम्क गुरुङले बताए । ‘६० वर्षसम्म पनि अविवाहित रहने पुरुषको विवरण संकलन पनि सक्यौं, नियमित भत्ता बाँड्ने क्रममा अब तेस्रो चौमासिकमा चालु वर्षको एकमुष्ट रकम वितरण हुन्छ,’ उनले भने । भत्ता पाउने त्यस्ता वृद्धको बैंक खाता खोल्ने कार्य पनि सकिएको छ ।
    गाउँपालिकाभरबाट ५ जना सूचीकरण भएको उनले बताए । गण्डकी-२ ताङलीचोकका २, वडा ६ भुम्लीचोकका २ र वडा ८ घ्याल्चोकका एकजना अविवाहित वृद्ध भत्ताका लागि सूचीकृत भएका हुन् । चालु आवको नौ महिना अवधिको मासिक १५ सयका दरले तेस्रो चौमासिकमा एकमुष्ट भत्ता उपलब्ध गराउन सबै प्रक्रिया सकिएको गुरुङले बताए ।

    ६० वर्षको उमेरसम्म विवाह नै नभएको व्यक्तिले भत्ता पाउने कार्यविधिमा छ । विवाह नगरेको प्रमाणका लागि त्यस्ता हकवालाको सामाजिक मुचुल्का गरिएको छ । ‘उहाँहरूको घरगाउँमा पुगेर छिमेकीलाई साक्षी राखी सामाजिक मुचुल्का उठाउने काम भयो, त्यसको आधारमा वडाले सिफारिस गरेपछि बल्ल सूचीकृत गर्‍यौं,’ उनले भने । विवाह गरेर छाडेकाले भने यस्तो भत्ता प्राप्त गर्ने छैनन् । गाउँपालिकाका अविवाहित वृद्धमध्ये केही दाजुभाइ वा आफन्तसँग बसेका छन् भने कोही एक्लै छन् ।

    अविवाहित वृद्धलाई जीवन निर्वाहमा सजिलोका लागि भत्ता उपलब्ध गराउने निर्णय भएको गाउँपालिका अध्यक्ष होमबहादुर रानाले बताए । ‘७० वर्षपछि ज्येष्ठ नागरिक भत्ता पाउँछन्, ६० देखि ७० को १० वर्षका लागि भए पनि गाउँपालिकाले उपलब्ध गराएको यो रकम जीवन निर्वाहमा सहज हुन्छ,’ उनले भने ।

    यस नीतिले गाउँपालिकाले लिएको सामाजिक सुरक्षा कार्यक्रमको विद्यमान नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वनय गर्न सहज हुने र सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनेको अपेक्षा छ । गत असारको गाउँसभाले अविवाहित वृद्धसहित लैंगिक अल्पसंख्यक (तेस्रो लिंगी) लाई पनि भत्ता दिने निर्णय गरेको थियो । गाउँपालिकामा लैंगिक अल्पसंख्यकको तर्फबाट भने एक जना पनि सूचीकृत नभएको गुरुङले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend