१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026
गुहेंली सञ्चार सहकारीको आफ्नै भवन

समृद्धिका लागि सहकारी : पालिका अध्यक्ष थापा


जनमञ्च संवाददाता
  • २१ चैत्र २०७८ , सोमबार

  • समृद्धिका लागि सहकारी : पालिका अध्यक्ष थापा

    बागलुङ, २१ चैत – गुहेंली सञ्चार सहकारी संस्थाले आफ्नै काठेखोला-२ भीमापोखरामा आफ्नै भवन बनाएको छ । नवनिर्मित भवनको काठेखोला गाउपालिकाका अध्यक्ष अमर थापाले सोमवार उदघाटन गरे ।

    उदघाटन गर्दै अध्यक्ष थापाले सहकारी शेयर सदस्यको समृद्धि लागि उत्पादनसंग जोडिनुपर्ने वताए । ‘अवको आन्दोलन आर्थिक समृद्धिको हो, यसका लागि कृषी उत्पादनसंग जोडिनु पर्दछ,’ अध्यक्ष थापाले भने, ‘पूर्वाधारका काम हामीले गर्छौ, शैक्षिक सुधारका काम हामी गर्छौ, तपाईहरु उत्पादनसंग जोडिनुहोस र समपन्न नागरिक बनौं ।’

    सहकारीका अध्यक्ष खिम वहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा काठेखोला-२ का अध्यक्ष विद्यापति शर्माले समाज सहकार्यबाट नै अगाडि बढेको वताउदै गुहेंली सञ्चार सहकारीले भीमापोखराको उन्नयका लागि गरेकोको कामको प्रशंसा गरे ।

    कार्यक्रममा काठेखोला गाउँ कार्यपालिकाका सदस्य टिका संगम विक, पत्रकार हरिनारायण गौतम, विवाईसीका अध्यक्ष मणिभद्र शर्मा, दुग्ध सहकारी संघका अध्यक्ष दिपक गौतम लगायतले सहकारीले सञ्चार, कृषी लगायतका क्षेत्रमा गरेको कामले आफ्नो पहिचान बनाएको वताउदै ग्रामिणभेगमा भवन निर्माण गरेर थप महत्वपूर्ण कार्य गरेको वताए ।

    कार्यक्रममा कोषाध्यक्ष प्रसाद थापाले भवन निर्माणको आम्दानी खर्चको विवरण पेश गरे भने उपाध्यक्ष टिकाराम उपाध्यायले स्वागत र सचिव सुर्य थापाले कार्यक्रमको सञ्चालन गरे ।

    नयाँ भवनबाट सहकारीले कृषीजन्य सामाग्री संकलन र विक्रिवितरण गर्ने र दैनिक कारोवार सञ्चालन गर्ने अध्यक्ष कार्कीले वताए । कार्यक्रममा सहयोगदातालाई प्रमुख अतिथि पालिका अध्यक्ष थापाले कदर पत्र प्रदान गरे ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend