पोखरा, २३ चैत – अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा जारी जिल्लास्तरीय सावित्री निर्माण सेवा फुटबल लिगमा आज ७ खेल सकिएको छ । एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङका अनुसार पोखरा २५ स्थित गौरीशंकर खेलमैदानमा ४ र रंगशालाको वैकल्पिक खेलमैदामा ३ गरी आज कुल ७ खेल सकिएको हो ।
रङ्गशाला स्थित वैकल्पिक खेल मैदानमा भएको पहिलो खेलमा सत्य युवा क्लब (बि–१३) ले लेकसाइड क्लबलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गरेको खेल संयोजक नरप्रसाद गुरुङले जानकारी दिए । दोस्रो खेलमा शितलज्याती युवा क्लबले भदौरे युवा क्लबलाई ३–० गोल अन्तरले पराजित ग¥यो । अर्काे खेलमा संगमले एपेक्सलाई ६–० गोलको अन्तरले पराजित गरेको छ ।
रंगशालाको वैकल्पिक मैदानमा ३ खेलसँगै हेम्जास्थित गौरीशंकर खेल मैदानमा समेत ४ खेल सकिएका छन् । उक्त मैदानमा भएको पहिलो खेलमा विष्णुपादुका क्लबले एबिसीलाई ७–१ गोलको फराकिलो अन्तरले पराजिगत गरेको हेम्जा युनाइटेडका सचिव सुनिल गायकले जानकारी दिए ।
यसैगरी दोस्रो खेलमा एलजी एशोसियसनले रामघाटलाई ७–० गोल अन्तरले हरायो । तेस्रो खेलमा डेभिजफल क्लले सहारा क्लबलाई २–१ गोल अन्तरले हरायो ।
अर्काे खेलमा नाकोड्सले नयांगाँउ एफसीलाई ७–२ गोल अन्तरले पराजित ग¥यो । एन्फा कास्कीका अनुसार लिगमा अब कुल ४८ खेल बाँकी छ । लिग विजेताले गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने एन्फा कास्कीले जनाएको छ ।