११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

प्रेस चौतारीको मिडिया बजार व्यवस्थापन तालिम


जनमञ्च संवाददाता
  • २६ चैत्र २०७८ , शनिबार

  • प्रेस चौतारीको मिडिया बजार व्यवस्थापन तालिम

    बागलुङ, २६ चैत – प्रेस चौतारी नेपाल बागलुङले जिल्लामा रहेका सञ्चारमाध्यामका बजार व्यवस्थापकहरुका लागि एक दिने क्षमता विकास अभिवृद्धि तालिम दिएको छ ।

    पत्रकारिता क्षेत्रमा काम गर्ने श्रमजिवीको न्युनतम पारिश्रमिक कार्यान्वयन गर्नका लागि सञ्चार माध्याम सबल हुनुपर्ने भन्दै बजार व्यवस्थापकहरुको क्षमता विकास गरिएको हो ।

    तालिम उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले आर्थिक क्षेत्र चलायमान बनाउनका लागि दक्ष जनशक्तिको आवश्यकता हुने बताए । उनले बजार व्यवस्थापनबिना सञ्चारमाध्यम सबल बन्न नसक्ने बताए । आयका स्रोतहरु पहिचान गर्ने र नयाँ अवसरमा ध्यान दिनुपर्नेमा पौडेलले जोड दिए ।

    तालिममा नेपाल पत्रकार महासंघ बागलुङका पूर्व केन्द्रिय सदस्य हरिनारायण गौतम, रामबहादुर जिसी, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तारानाथ आचार्य, पत्रकार महासंघका सचिव विजय राना, नेकपा एमाले बागलुङका प्रचार विभाग प्रमुख चन्द्र गणेश शर्मा, प्रेस संगठनका प्रदेश उपाध्यक्ष रामबहादुर थापा, प्रेस युनियनका उपाध्यक्ष संगम घर्ति मगर लगायतले सञ्चारमाध्यमको वित्तिय व्यवस्थापन, बजार व्यवस्थापनको विषयमा बोलेका थिए ।

    बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सहयोगमा एक दिने बजार व्यवस्थापन तालिम सम्पन्न गरिएको अध्यक्ष नबिन शिशिर बिकले बताए । ‘साना लगानीमा सञ्चालन भएका सञ्चार प्रतिष्ठान बलियो भएभने मात्रै पत्रकारले पारिश्रमिक पाउने अवस्था आउँछ’ उनले भने ‘सञ्चारमाध्यमको आधार पनि बजार हो, बजारमा काम गर्ने साथीहरुको क्षमता विकास हुँदा न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न सहज हुन्छ ।’

    तालिमको सहजिकरण पत्रकार हरिनारायण गौतम, रामबहादुर जिसी र तारानाथ आचार्यले गरेका थिए ।

    सो अवसरमा प्रेस चौतारी नेपाल जिल्ला शाखाले संगठनको नवौं राष्ट्रिय महाधिबेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित तारानाथ आचार्य र प्रदेश कमिटीको पहिलो अधिबेशनबाट निर्वाचित रञ्जिता शर्मा र कृष्ण संयोगलाई दोसल्ला ओडाएर सम्मान गरेको थियो ।

    प्रेस चौतारी बागलुङका अध्यक्ष नविन शिशिर बिकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष सिर्जना पन्त र सञ्चालन सहसचिव अर्जुन कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend