११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

अनुदान र सहयोगले भीमापोखराका किसानमा उत्साह


जनमञ्च संवाददाता
  • २८ चैत्र २०७८ , सोमबार

  • अनुदान र सहयोगले भीमापोखराका किसानमा उत्साह
    फाईल तस्वीर ।

    बागलुङ, २८ चैत – काठेखोला गाउँपालिका–२ भीमापोखराका ऋषिराम शर्माले तरकारीकै भरमा घर चलाउँछन् । उनको खेतबारीमा फलेको तरकारी अहिले बागलुङ बजारका घर घरमा पुग्छ । उनले बजारका केही परिवारलाई आफ्नो नियमीत ग्राहक बनाएका छन् । सिजन अनुसारका तरकारी र प्लाष्टिक घरमा बेसिजनका तरकारी समेत उत्पादन गरेर शर्माले आफ्ना ग्राहकलाई तरकारी पु¥याएका छन् ।

    उनले बर्षेनी ३ खाल मुल्य बढीको तरकारी बजार पठाउँछन् । यो उनको हिउँदे र बर्षे आलुबाहेक तरकारीबाट मात्रै हुने आम्दानी हो । आलुबाट हुने आम्दानी समेत जोड्दा उनले घर खर्च चलाउने, छोरा छोरी पढाउने खर्च गरेर बचत गर्छन् । प्रविधिले साथ दिएकाले ऋषिरामलाई तरकारी फलाउन र बिक्री गर्न सहज छ ।

    ऋषिरामको प्लाष्टिक घरमा अहिले पनि अकवरे खुर्सानी र गोलभेँडा फलेका छन् । खेतमा लगाईएको बर्खे आलुले खेतैभरी हरियो बनाएको छ । पाँच मुरी आलुको बिउ लगाएका शर्माले ४० मुरी आलु फलाउने लक्ष राखेका छन् । ‘हिउँदे आलुको मुल्य परेन, बर्खामा त ५० रुपैयाँ किलो कसो नपर्ला र’ शर्माले भने ‘अहिले तरकारी खेती गर्दा पनि राम्रै हुन्छ भन्ने मलाई पनि लागेको छ, गाउँले पनि त्यसै भन्छन् । ’

    शर्मा गाउँका अगुवा किसान पनि हुन् । उनले गरेको तरकारी खेती गरेको देखेर देखासिकी गर्नेहरु गाउँमा बढेका छन् ।

    ‘अहिले गाउँमा तरकारी उत्पादन बढ्दो छ’ शर्माले भने ‘किसानका लागि बिउदेखि औजार, उपकरणहरु समेत अनुदानमा पाउने भएपछि कृषिमा आकर्षण बढ्दो छ ।’ व्यवसायीक उत्पादन गर्ने किसानलाई फार्म दर्ता गरेमा अनुदान दिने गरेको छ । वडामा दर्ता भएर चलेका हरेक किसानले ५० हजार रुपैयाँ अनुदान पाएको शर्माले बताए ।

    पाँच वर्ष यता वडा कार्यालयले किसानहरुलाई प्रोत्साहन गर्न थालेपछि गाउँमा १ सय ५० घरमा प्लाटिक घर छन् । पहिले बजारको तरकारी किनेर खाने गाउँलेहरु अहिले तरकारी बिक्रि गर्नेगरेको वडाअध्यक्ष बिद्यापति शर्मा बताउँछन् ।

    वडाले उत्पादन अनुसार टोलहरुलाई पकेट क्षेत्र बनाएको छ । आलुको उत्पादन धेरै हुने भीमापोखरामा तरकारी र फलफूलका पकेट क्षेत्र बनाइएका छन् । ‘हामिले किसानको आवश्यकता अनुसार तालिम, प्रशिक्षण लगायतका प्राबिधिक बिषयमा सहयोग गर्छौं’ शर्माले भने ‘आधुनिकीकरणमा किसानहरु उत्साहित भएर सहभागि हुने गरेका छन् ।’

    सिंचाईको प्रबन्ध राम्रो भएकाले पनि किसानहरु उत्पादनमा जोडिएको उनले बताए । भीमा पोखरामा उत्पादन भएको तरकारी बागलुङ बजारमा बिक्री हुने गरेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend