८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

तीन लाख घुससहित प्रधानाध्यापक पक्राउ


जनमञ्च संवाददाता
  • ३० चैत्र २०७८ , बुधबार

  • तीन लाख घुससहित प्रधानाध्यापक पक्राउ

    काठमाडौं, ३० चैत – रौतहटको एक विद्यालयका प्रधानाध्यापकलाई अख्तियारले प्रधानाध्यापकसहित दुईजनालाई घुससहित पक्राउ गरेको छ । जिल्लाको ईशनाथ नगरपालिका–७ मा रहेको बिपी कोइराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापकसहित दुईजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो । उनीहरूलाई बुधबार घुसको रकमसहित नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

    विद्यालयका प्रधानाध्यापक राकेश ठाकुर र उनका सहयोगी दीपेन्द्रकुमार झालाई अख्तियारको केन्द्रीय कार्यालय टंगाल, काठमाडौंबाट खटिएको डिएसपी पुष्पमल्ल ठकुरी नेतृत्वको टोलीले सरुअठा चोकबाट नियन्त्रणमा लिएको हो । ठाकुरले आफ्नै विद्यालयको उच्च माध्यमिक तहमा अध्यापन गर्ने दुई शिक्षकको समय अवधि  म्याद थप गर्न जनही १ लाख पचास हजार रुपैयाँ लिएका थिए । त्यही वेला घुसको रकमसहित अख्तियारले नियन्त्रणमा लिएको हो ।

    प्रधानाध्यापक ठाकुरले पैसा दिएपछि मात्र म्याद थप्ने माग अघि सारेपछि पीडित शिक्षकले अख्तियारलाई जानकारी गराएका थिए ।अख्तियारको टोलीले करारको शिक्षकको म्याद थप्ने बाहानामा तीन लाख रकम माग गरेको र उक्त रकमसहित दुबैलाई नियन्त्रणमा लिइएको हो ।

    अख्तियारको टोलीले सामान्य सोधपुछपछि ठाकुर र सहयोगी झालाई आवश्यक कारबाहीका लागि बुधबार दिउँसो काठमाडौं लगेको छ । प्रधानाध्यापक ठाकुरले शिक्षक नियुक्ति र म्याद थप्ने बाहनामा शिक्षकहरूबाट रकम लिने गरेको स्थानीयको गुनासो छ ।

    अख्तियारले डेढ महिनाको अवधिमा यस जिल्लाबाट घुसको रकमसहित पक्राउ गरेको यो दोस्रो घटना हो । एक महिनाअघि गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेल, लेखापाल प्रदीप यादव, योजनाका कर्मचारी मुकेश पटेल र नगरप्रमुखका स्वकीय सचिव अशोक पटेललाई नियन्त्रणमा लिएर काठमाडौं लगेको थियो । उनीहरू धरौटी तारेखमा रिहा भइसकेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend