१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

बलेवा एकता सहकारीको बागलुङ बजारमा सेवा केन्द्र


जनमञ्च संवाददाता
  • २ बैशाख २०७९ , शुक्रबार

  • बलेवा एकता सहकारीको बागलुङ बजारमा सेवा केन्द्र

    बागलुङ, २ बैशाख – बागलुङ नगरपालिका-१४ नारायणस्थानमा प्रधान कार्यालय रहेको बलेवा एकता बचत तथा ऋण सहकारी संस्थाले बागलुङ बजारबाट आफ्ना सेवा दिन सुरु गरेको छ । बागलुङ बजारमा बिहिवार सेवा केन्द्रको उद्घाटन गर्दै सहकारीले सेवा दिन थालेको हो ।

    सेवा केन्द्रको उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघकी सञ्चालक तथा जिल्ला सहकारी संघ बागलुङकी अध्यक्ष हुमाकुमारी जिसीले सहकारीले आफ्ना सदस्यहरुसँग मात्रै कारोवार गर्नुपर्नेमा जोड दिईन् । उनले ग्रामिण क्षेत्रमा स्थापना भएर शहरी क्षेत्रमा सेवा केन्द्र बिस्तार गर्नसक्नु बलेवा एकताको सफलता भएको बताईन् ।

    सहकारीले स्थापना गरेको यो तेस्रो सदस्य सेवा केन्द्र हो । यसअघी अमलाचौर र पैञ्युपाटामा सेवा केन्द्र स्थापना गरेर सहकारीले सेवा दिँदै आएको छ । २ करोड २५ लाख शेयर पूँजी रहेको सहकारीको बचत २३ करोड र ऋण लगानी पनि २३ करोड रहेको प्रबन्ध भरत पौडेलले बताए ।

    सेवा केन्द्रको उद्घाटन समारोह सदस्य सेवा केन्द्रका संयोजक चन्द्रप्रकाश शर्मा गणेशको अध्यक्षता, उपाध्यक्ष टिकाराम शर्माको स्वागत र सचिव तारानाथ आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । सहकारीले ३० वटा भन्दा धेरै बिप्रेसण कम्पनीहरुसँग कारोवार समेत गर्दै आएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend