१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

पल शाह प्रकरण: नाबालिकाले किन फेरिन् बयान ?


जनमञ्च संवाददाता
  • ४ बैशाख २०७९ , आइतबार

  • पल शाह प्रकरण: नाबालिकाले किन फेरिन् बयान ?

    पोखरा, ४ बैशाख – बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाह (पूर्ण विक्रम शाह) ले बलात्कार नगरेको भन्दै पीडित नाबालिकाले बयान फेरेकी छन्।

    जिल्ला अदालत तनहुँले लिएको बकपत्रमा नाबालिका गायिकाले बलात्कार अस्विकार गरेकी हुन्।

    ‘हामीसँग जाँदा बलात्कार हो भनेकी थिइन्, अदालतले बकपत्र गर्दा होइन मात्र भनिन्,’ जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले भने, ‘हामीले पेश गरेको मिसिलमा सबै प्रमाण छन्।’

    अदालतले पीडित नाबालिगसँग आइतबार बकपत्र गरेको थियो। बकपत्रमा बयान फेरिए पनि पुष्टि हुन गाह्रो हुने शर्माले बताए।

    ‘पीडितले करणी नै नभएको भनेकी छिन्, बयान फेरिँदैमा पुष्टि कहाँ हुन्छ र,’ उनले भने।

    अभिनेता पलले पोखरा, तनहुँ र नवलपुरमा बलात्कार गरेको भन्दै १७ बर्षीय नाबालिकाका परिवारले प्रहरीमा जाहेरी दिएको थियो।

    तनहुँ प्रहरीमा फागुन ११ गते र नवलपुर प्रहरीमा फागुन १५ गते पीडित परिवारले जाहेरी दिएका थिए। उक्त जाहेरीको थुनछेक बहसपछि दुबै जिल्ला अदालतले पललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

    थुनछेक बहसमा अभियुक्त पलले नाबालिगलाई बलात्कार अस्विकार गरेका थिए भने मध्यरातमा मदिरा पिएर नाबालिगको कोठामा पुगेको स्विकार गरेका थिए।

    पलको सोही स्विकारोक्तीका आधारमा तनहुँ अदालतले मध्यरातमा नाबालिगको कोठामा जानुको औचित्य पुष्टि नभएको भन्दै थुनामा पठाउने थुनछेक आदेश दिएको थियो।

    पीडित नाबालिकाले बयान फेरेसँगै बाह्य दबाबमा होस्टाइल भएको हुन सक्ने आशंका जन्मिएको छ।

    पीडितका विरुद्ध पटकपटक अभिव्यक्ति दिनेहरूलाई कारबाही हुन नसक्नु र मुद्धा प्रभावित हुने गरी भइरहेका गतिविधी रोक्न नसक्दा होस्टाइल भएको हुन सक्ने पीडित पक्षका कानुन व्यवसायीले आशंका व्यक्त गरेका छन्।

    बयान फेरेको अवस्थामा अदालतले ६ वर्ष कैद गर्ने कानूनी व्यवस्था छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend