१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

गलकोट नगरपालिकाका मेयर पदकी उम्मेदवार चालिसे प्रहरीको नियन्त्रणमा, छलफलपछि छाडियो


जनमञ्च संवाददाता
  • २९ बैशाख २०७९ , बिहिबार

  • गलकोट नगरपालिकाका मेयर पदकी उम्मेदवार चालिसे प्रहरीको नियन्त्रणमा, छलफलपछि छाडियो

    बागलुङ, २९ बैशाख – गल्कोट नगर पालिका मेयर पदकी स्वतन्त्र उम्मेदवार मन्जु शर्मा  चालिसेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुधबार बेलुका ९:३० बजे गलकोट नगरपालिका वडा नम्बर ९ बिरकोटमा स्थानीय प्रभावित पार्न खोजेको खबर पाएपछि प्रहरी पुगेको र गठबन्धन दलका केहीले उनी चढेको ट्याक्सी रोकेर हातपात गर्न खोजेपछि प्रहरीले प्रहरी कार्यालय पुर्‍याएको इन्स्पेक्टर डेकेन्द्र रेग्मीले जानकारी दिए।

    उनका अनुसार झडप हुन नदिएर प्रहरी कार्यालय लगिएको हो। प्रहरी कार्यालयमा सोधपुछ गर्दा उनको साथबाट ८ हजार नगद फेला परेको छ। पैसा भेटिएपछि आचारसंहिता उल्लंघन भएको हो होइन यकिन गर्न नगर निर्वाचन कार्यालयलाई जानकारी गराइको बताए।

    स्वतन्त्र उम्मेदवार मन्जु शर्मा चालिसेलाइ बेलुका प्रहरी चौकी ल्याइएको हो, इन्स्पेटर रेग्मीले भने, उहाँको साथबाट ८ हजार नगद भेटिएको छ, यसले आचारसंहिता उल्लंघन भएर नभएको छानबिनका लागि नगर निर्वाचन कार्यालयमा छलफलपछि छाडिएको छ। माैन अवधिमा उहाँ एक्लै हिँडेको पायौँ, झडपमा २/३ जनालाई कुटपिट भएको पनि भन्नुभएको छ तर उजुरी परेको छैन, उनले भने।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend