८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

कविता: देश र जनताको लागि !


हिकमत सिंह ऐर
  • ७ जेष्ठ २०७९ , शनिबार

  • कविता: देश र जनताको लागि !

    यहाँ देश र जनता सधैं,
    चिन्ताको विषय बनेका छन्।

    त्यसैले सबै प्रतिनिधिको
    एउटै छ रटान।

    देश बन्नुको आफ्नै छन् मापदण्ड,
    जसले जे भन्यो, त्यही नै मान्नुपर्ने छ।

    बुद्धि र विवेकको त ,मुल्य नै छैन्,
    विवश हुलको मात्र सुन्ने छ काम।

    के यो देश मेरो हैन र ?
    कसको लागि यत्रो तामझाम।

    मेरो लागि हो भने,
    म त यहाँ हराएको  छु।
    गाउँको पाखामा,
    हिमालको काखमा,
    तराईको भावरमा।

    के मेरो यो गतिमा,

    मेरा पूर्खा नै हुन जिम्मेवार?

    सधै देश र जनताको
    रटान गर्नेको खासै छैन काम,
    अनाहकमा हाम्रा सन्तानहरु,
    पलायन भई  रहेछन्।

    शहरले गाउँलाई खाई रहेछ,
    विकासको नाममा चूरेको दोहन भई रहेछ।
    त्यसैमा त स्थानीय तह चलिरहेछ।

    रोजगारीको मेरो मुद्दा,
    आश्वासनमा पक्का भई सक्यो।

    महंगाई ले च्याप्न छोड्दैन,
    आकाशे खेतीकै भरमा जिवन चल्दैन,
    त्यै पनि यहाँलाई सघाउने नै छौ।

    क्रान्ति भन्दा शान्ति मै,
    विश्वास राख्ने,
    जे जस्तो पनि
    सहि राख्ने !

    म र मेरा सन्तानहरु यहाँको सेवा गरिरहने छौं ।

    देश र जनताको लागि कुरेर गरेको,
    यहाँको योगदान को कदर गर्दै,
    जे जसलाई, जति पटक पनि,
    सहि छाप गरिरहने नै छौ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend