१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

लमजुङको कोइलेनीमा टिपर दुर्घटनामा ४ जनाको मृत्यु


जनमञ्च संवाददाता
  • १५ जेष्ठ २०७९ , आइतबार

  • लमजुङको कोइलेनीमा टिपर दुर्घटनामा ४ जनाको मृत्यु

    लमजुङ, १५ जेठ – लमजुङको मध्यनेपाल नगरपालिका-७ कोइलेनीस्थित मध्यपहाडी लोकमार्गमा टिपर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
    मध्यनेपालकै कल्याङबेंसीबाट रामबजारतर्फ आउने क्रममा ढुंगा लोड भएको टिपर दुर्घटनामा परेर सवार ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय भोर्लेटारका इन्सपेक्टर लक्ष्मण पचभैयाका अनुसार आइतबार अन्दाजी ३ बजेतिर बा४ख ७७८१ नम्बरको टिपर दुर्घटना भएको हो ।

    दुर्घटनामा परेर मृत्यु भएकाहरु सबै मध्यपहाडी लोकमार्ग निर्माणमा खटिएकाहरु रहेको उनले बताए । उनका अनुसार उद्दार कार्य जारी रहेको र मृतकको पहिचान खुलिसकेको छैन । मृतक सबै पुरुष हुन् ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्पसेक्टर जगदशी रेग्मीका अनुसार टिपर मध्यपहाडी लोकमार्गको सडकबाट करिब ३० मिटर तल खेतमा खसेको थियो । उनका अनुसार मृतक ४ जनामध्ये हालसम्म चालकको मात्रै पहिचान खुलेको छ । चालक धादिङको गजुरी गाउँपालिका- ६ घर भएका अन्दाजी २७ वर्षका आकाश घिमिरे रहेको उनले बताए ।

    टिपरले च्यापिएर मृत्यु भएकाको शव निकालिएको र उनीहरुमध्ये ३ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend