१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

तारा एयरको जहाज कोबाङको सानोसरे पहाडमा दुर्घटनाग्रस्त भेटियो


जनमञ्च संवाददाता
  • १६ जेष्ठ २०७९ , सोमबार

  • तारा एयरको जहाज कोबाङको सानोसरे पहाडमा दुर्घटनाग्रस्त भेटियो

    पोखरा, १६ जेठ – पोखराबाट जोमसोमका लागि आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको ९ एनएईटी जहाज मुस्ताङको सानोसरेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । थासाङ गाउँपालिका-२ अन्तरगत कोबाङ गाउँको माथि सानोसरेमा (मानापाथी हिमालमुनी) दुर्घटनाग्रस्त अवस्थामा भेटिएको स्थानीय पत्रकार आदित्य रसाईलीले वताए । उनले स्थानीयवासीले दुर्घटनाग्रस्त अवस्थाको फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेको वताए । जहाज क्षतविच्छेद अवस्थामा छ ।

    नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले ल्याङखु खोलाको मुहान नजिकको पहाडमा ठोक्किएर टुक्रा–टुक्रा भएको अवस्थामा जहाज फेला परेको वताए । ‘स्थानीय शेर्पाहरुले दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला पारेका छन्,’ नेपाली सेनाका प्रवक्ता सिलवालले भने, ‘त्यहाँसम्म हाम्रो टोली पुग्ने प्रयासमा छ ।’ सेनाको टोली त्यता जाँदै छ ।

    समुन्द्री सतहदेखि माथि झन्डै ४ हजार मिटर उचाइमा तारा एअरको जहाज दुर्घटना भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । प्रजिअ शर्माका अनुसार थासाङको मानापाथी हिमालको फेद नजिक याकखर्क भन्ने स्थानमा यार्सा टिप्न गएका ९ जना टोली र लेतेबाट गएका स्थानीय युवा सुमित गौचनको टोलीले सोमबार बिहानैदेखि हराएको जहाज खोजी कार्य सुरु गरेको थियो। जहाज पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने जहाजका सामान छरपस्ट रुपमा पहाडमा छरिएको जहाज खोज्न गएका युवा सुमित गौचनले जानकारी दिए ।

    जहाजमा चालक दलका सदस्य क्याप्टेन प्रभाकर घिमिरे, को-पाइलट उत्सव पोखरेल, एयर होस्टेज क्रिष्टी थापा, यात्रु बान्देकर वैसवी,इन्द्रबहादुर गोले, पुरुषोत्ताम गोले, राजनकुमार गोले, मेइक ग्रिटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर थिए।

    आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो । पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको ट्वीनअटर जहाज बेलुकीसम्म पनि नभेटिएपछि खोजी कार्य स्थगित गरिएको थियो । सोमबार बिहानैबाट पुनः खोजी थालिएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend