२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026
शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

यस्तो छ गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)


जनमञ्च संवाददाता
  • २४ जेष्ठ २०७९ , मंगलबार

  • यस्तो छ गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

    पोखरा, २४ जेठ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गरेको छ । शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

    नीति तथा कार्यक्रममा कृषि, उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई प्राथमिकतामा राखेको प्रदेश प्रमुख गुरुङले जानकारी गराए । त्यस्तै उद्योग, कलकारखाना स्थापना र सञ्चालनलाई पनि जोड दिइएको छ ।

    नि:शुल्क रगत, महिलाको पाठेघरको मुखको नि:शुल्क शल्यरक्रिया, कोभिडमा अभिभावक गुमाएका बालबालिकालाई मासिक भत्ता, निर्माणाधीन अवस्थाका विकासे योजना, प्रदेश गौरवका आयोजनालाई पनि नीति, कार्यक्रममा प्राथमिकता दिइएको छ । केही पुराना कार्यक्रमलाई नै निरन्तरता दिइएको छ ।

    संघीयता कार्यान्वयन भएसँगै पहिलो पटक बनेको प्रदेश सरकारको यो अन्तिम कार्यकाल हो । प्रदेश सरकारले पाँचौंपटक नीति तथा कार्यक्रम ल्याउन लागेको भए पनि एमाले विभाजनपछि सत्तारुढ गठबन्धनको नेतृत्वमा बनेको सरकारले पहिलो पटक सदनमा नीति तथा कार्यक्रम पेस गरेको हो ।

    नीति तथा कार्यक्रमको पूर्णपाठ:

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend