११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

अमेरिकी डलरको भाउ बढेको बढ्यै, कस्तो पर्छ असर ?


जनमञ्च संवाददाता
  • २८ जेष्ठ २०७९ , शनिबार

  • अमेरिकी डलरको भाउ बढेको बढ्यै, कस्तो पर्छ असर ?

    काठमाडौं, २८ जेठ – नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ (विनिमय दर) लगातार बढेर हरेक दिन नयाँ रेकर्ड बनाउन थालेको हो । सोही क्रममा शुक्रबार एक अमेरिकी डलरको विनिमय दर १ सय २४.८४ रुपैयाँ पुगेको हो ।

    यो हालसम्मकै बलियो र बलियो हो । नेपाल राष्ट्र बैंकले शुक्रबार र शनिबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २४.८४ रुपैयाँ (बिक्री दर) तोकेको छ । बिहीबारका लागि यस्तो दर १ सय २४.७३ रुपैयाँ र बुधबार १ सय २४.६८ रुपैयाँ तोकिएको थियो ।

    यसअघि यही जेठ ६ मा अमेरिकी डलरको भाउ १ सय २४.६७ रुपैयाँ पुगेको थियो । करिब तीन सातामा डलरको भाउमा सामान्य कमी भएकोमा पछिल्ला दिनमा लगातार बढिरहेको छ । सोही क्रममा शुक्रबार डलरको भाउ पुन: नयाँ उचाइमा पुगेको हो ।

    गत असारको तुलनामा चैतसम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँ २.०४ प्रतिशतले कमजोर (अवमूल्यन) भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ०.४८ प्रतिशतले बलियो (अधिमूल्यन) भएको थियो ।

    पछिल्ला ४ वर्षमा अमेरिकी डलर भाउ करिब २३ रुपैयाँ बढेको छ । डिसेम्बर २०१७ मा एक अमेरिकी डलरको भाउ १०२ रुपैयाँ मात्रै थियो । विश्वबजारमा अमेरिकी डलरको माग अकासिएपछि भाउ पनि बढेको जानकारहरू बताउँछन् । पछिल्लो समयमा गत वैशाख २७ देखि अमेरिकी डलरले हरेक दिनजसो नयाँ रेकर्ड बनाउन थालेको हो । त्यसअघि गत फागुन २४ मा एक अमेरिकी डलरको विनिमय दर १ सय २३.४४ रुपैयाँ र २०७७ वैशाख १० मा १ सय २३.२४ रुपैयाँसम्म पुगेको थियो ।

    पछिल्ला केही महिनायता विश्वबजारमा अमेरिकी डलरको माग बढ्न थालेपछि डलरको मूल्य पनि उकालो लागेको हो । त्यसको असर भारतीय मुद्रा (भारु) हुँदै नेपाली मुद्रासम्म आइपुगेको जानकारहरूको भनाइ छ । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो ।

    शनिबार मध्यान्नसम्म एक अमेरिकी डलरको विनिमय दर भारु ७८.१८ छ । पााच दिन अघि (जुन ६ तारिख) अमेरिकी डरलको विनिमय दर हालसम्मकै उच्च भारु ७८.०६ पुगेको थियो । शुक्रबारदेखि त्यो रेकर्ड पनि तोडेर डलरको भाउ उकालो लागि रहेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend