१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

बागलुङ बर्सपार्क क्षेत्रको सरसफाईमा जुटे गुठीका युवा


जनमञ्च संवाददाता
  • २८ जेष्ठ २०७९ , शनिबार

  • बागलुङ बर्सपार्क क्षेत्रको सरसफाईमा जुटे गुठीका युवा

    बागलुङ, २८ जेठ – सदरमुकाममा रहेको बागलुङ बसपार्कमा ठुला तथा साना गरेर दिनहुँ सयौ सवारी साधन आउजाउ गर्छन । यहाँबाट देशको राजधानी लगायत प्रमुख शहरमा गुड्ने सवारी साधानमा हजारौ यात्रुहरुले यात्रा गर्छन । तर हजारौ यात्रु ओहोरदोहोर गर्ने बागलुङ बसपार्कमा भने एक महिनादेखि फोहोर उठेको थिएन् ।

    फोहोरले दुगन्ध फैलिएपछि यहाँ युवाहरु शनिवार आफै सडकमा निक्लेर सरसफाईमा जुटे । त्यसमा प्रहरीले पनि साथ दियो । स्थानीय रुपमा क्रियाशिल गुठी युवा क्लवले सरसफाई नेतृत्व गर्यो । बसपार्क फोहोर तथा दुर्गन्धित बन्दै गइरहेपछि स्थानीय सवैको सहयोग लिएर वसपार्क क्षेत्र सरसफाई अभियान सुरु गरेको क्लवका सचिव सुवास रुचालले वताए ।

    ‘स्वच्छ वातावरण-स्वस्थ नेपाली’ भन्ने उदेश्यसहित वसपार्क क्षेत्र सरसफाई गरेका हौ, सचिव रुचालले भने, ‘नगरपालिकाले फोहोर उठाउन महिनौ लागेपछि हामी आफैले गरेका हौं ।’ सरसफाईमा बानपा -३ का वडाध्यक्ष शनि केसी लक्ष्मण पनि आफै जुटे । स्थानीय रुपमा क्रियाशिल सामाजिक संघसंस्था, यातायात ब्यवसायी, प्रहरी प्रशासन लगायत सवै नागरिकले युवाले सञ्चालन गरेको सरसफाईमा सहकार्य गरे ।

    ‘स्वस्थ समाज निर्माणका लागि परिवर्तन आफैबाट’ भन्ने नारासहितअब प्रत्येक शनिबार वडा नम्बर ३ मा सरसफाई अभियान सञ्चालन गर्ने योजना रहेको वडाध्यक्ष केसीले बताए ।

    सबै मिलेर सरसफाई अभियान शुरूवात गरेमा मात्रै बागलुङ नगरलाई स्वच्छ, हरियाली बनाउन सकिने बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरूषोत्तम सापकोटाले बताए ।

    बागलुङ नगरपालिकाको बसपार्क क्षेत्र बजार भित्र भएर पनि सरसफाईमा निकै कमजोर भएको भन्दै क्लबले शनिवारे सरसफाई अभियान सुरु गरेको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend