९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

अधिकांश पानीका मुहानमा दिसामा हुने जीवाणु ‘कोलीफर्म’


जनमञ्च संवाददाता
  • २१ असार २०७९ , मंगलबार

  • अधिकांश पानीका मुहानमा दिसामा हुने जीवाणु ‘कोलीफर्म’

    पर्वत, २१ असार– जिल्लाका अधिकांश पानीका मुहानमा दिसामा हुने जीवाणु ‘कोलीफर्म’ को मात्रा उच्च रहेको पाइएको छ । जिल्लाका सात स्थानीय तहमा मुहानको पानी परीक्षण गर्दा अधिकांश मुहानको पानीमा ‘कोलीफर्म’ रहेको पाइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख सन्तोष पौडेलले जानकारी दिए ।
    यो नतिजाले जिल्लाका अधिकांश नागरिकले दूषित पानी खाइरहेको र यसले स्वास्थ्यमा असर गरिरहेको उनको भनाई छ । कोलिफर्मका कारण झाडापखाला, हैजा, भाइरल ज्वरो, रुघाखोकी लगायत रोगको संक्रमण हुने खतरा बढेको पौडेलले बताए ।
    यसले गर्दा मानवीय स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको र हिउँदको समयमा भन्दा बर्खायामको समयमा ‘कोलिफर्म’ बढी भेटिने गरेको उनले जानकारी दिए । ल्याब टेक्निसियन मुना सापकोटाका अनुसार खानेपानीका स्रोतमा दिसामा पाइने उक्त जीवाणु उच्चमात्रामा रहेको पाइएको छ ।
    उनका अनुसार कुस्मा नगरपालिकाभित्रका विभिन्न ३१ ठाउँमा रहेका पानीका स्रोतमा गरिएको परीक्षणका क्रममा ८० प्रतिशत, फलेबास नगरपालिकाभित्रका विभिन्न १४ ठाउँमा रहेका पानीका स्रोतको परीक्षण गर्दा तीमध्येका ७८ प्रतिशतमा कोलिफर्म फेला परेको छ ।
    त्यसैगरी, मोदी गाउँपालिकाका १५ ठाउँको पानी परीक्षण गर्दा ६६ प्रतिशत, महाशिला गाउँपालिकाका १३ मुहानको पानी परीक्षण गर्दा ६१ प्रतिशत, पैँयु गाउँपालिका १४ मध्ये ५७ प्रतिशत र बिहादी गाउँपालिकाका १२ मध्ये ७५ प्रतिशत मुहानको पानीमा ‘कोलिफर्म’ फेला परेको छ ।
    झाडापखाला, हैजा, भाइरल ज्वरो, रुघाखोकी लगायत रोगको संक्रमणबाट जोगिनका लागि पानीलाई शुद्धीकरण गर्नुपर्ने पर्वत अस्पतालका चिकित्सक डा. सुरज नेपालीले बताए । पानी राम्रोसँग उमालेर, फिल्टर गरेर वा अन्य उपाय अपनाएर शुद्ध बनाएर पिउन स्वास्थ्यकर्मीले सुझाब दिएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend