बागलुङ, २२ साउन – जैमिनी नगरपालिकाको समग्र पक्ष समावेश गरेर जैमिनी नगर सेवा समाज काठमाडौंले प्रकाशन गरेको जैमिनी दर्पणको शनिवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विमोचन गरे ।
पुस्तक विमोचन गर्दै मन्त्री पौडेलले धार्मिक, सास्कृतिक र पर्यटकीय रुपमा महत्वपूर्ण जैमिनीको विकासका लागि जैमिनी दर्पण महत्वपूर्ण दस्तावेज हुने वताए । जन्मभूमीको मायाले पुस्तक मार्फत सवैलाई भावनात्मक समबन्ध जोडेको वताए ।
कार्यक्रममा संघिय सांसद सूर्य पाठकले जिल्लाको मुटुको रुपमा रहेको दक्षिणी जैमिनी क्षेत्रमा जनताले सोचेजस्तो विकास हुन नसकेको वताउदै पुस्तक मार्फत समाजले तथ्य बाहिर ल्याउन सफल भएको वताए ।
जैमिनी नगरपालिकाका प्रमुख नरवहादुर पुनले आफुहरु जैमिनी नगरलाई आत्मनिर्भर बनाउन अभियानमा लागेको उल्लेख गर्दै समाजले प्रकाश गरेको पुस्तकलाई आफुहरुले स्वामित्व लिने वताए ।
कार्यक्रममा सांसद मना केसी, संविधानसभाका सदस्य वलावती शर्मा, परीक्षा वोर्डका अध्यक्ष डा. महाश्रम शर्मा, नेपाल उधोग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, बागलुङ जिल्ला समन्वय समितिका उपप्रमुख होमनाथ सापकोटा, नगर उपप्रमुख हरिहर शर्मा, पूर्व विद्यार्थी नेताहरु हिमाल शर्मा र भीम श्रीस, पूर्व नगर प्रमुख इन्द्रराज पौडेल लगायतले जैमिनीको विशेषता र त्यसको संमबद्र्धनका लागि पुुस्तकको महत्वपूर्ण हुने वताए ।
पुस्तकको समिक्षा गर्दै डा. दिनबन्धु शर्माले अनुसन्धान र खोजमुलक तथ्यहरु समावेश गरेर तयार भरिएको पुस्तकका विशेष आलेखहरु सन्दर्भ सामग्री बन्ने वताए ।
काठमाडौं जिल्ला शिक्षा समन्वय प्रमुख नन्दलाल पौडेलले पुस्तक जैमिनीलाई चिनाउने महत्वपूर्ण साधन भएको वताउदै यसलाई स्थानीय सरकारले विद्यालयहरुमा स्थानीय पाठ्यक्रमको रुपमा लैजादा राम्रो हुने सुझाव दिए ।
पुस्तकका प्रधान सम्पादक शेषनाथ पौडेलले पुस्तक प्रकाशनमा भाषा र तथ्यहरुलाई विशेष महत्व दिएको उल्लेख गर्दै शिक्षा मन्त्रीलाई नेपाली भाषाको विषयमा राज्यले अलि बढि ध्यान दिन सुझाए ।
जैमिनीको समग्र पक्षलाई समेटेर तयार पारेको पुस्तकमा २३ जना ब्यक्तिका लेखहरुलाई समावेश गरिएको छ । जैमिनी दर्पणको सम्पादकमा हिमलाल पुरी र यम विरही रहेका छन् । प्रकाशन समितिको संयोजकमा विष्णु शर्मा आचार्य र सदस्यहरुमा केशवराज शर्मा चालिसे, रामचन्द्र आचार्य, बुद्धिमाया पुन र कृष्ण पौडेल रहेका छन् ।
सो अवसरमा नेपाल प्रेस यूनियनको महाधिवेशनबाट निर्वाचित महासचिव दिलिप पौडेल र ठमेल पर्यटन परिषदको अध्यक्षमा निर्वाचित भविश्वर शर्मा ढुंगानालाई समाजले सम्मान गरेको थियो ।
जैमिनी नगर सेवा समाजका अध्यक्ष हरि प्रसाद आचार्यको सभापतित्वमा भएको पुस्तक विमोचन कार्यक्रमको सञ्चालन सदस्य विष्णु प्रसाद आचार्यले र स्वागत मन्तव्य चिन्तामणी पौडेलले ब्यक्त गरे ।