१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

यौन सम्पर्कपछि श्रीमानको हत्या, टाउको काटेर शव खोलामा बगाइयो


जनमञ्च संवाददाता
  • ५ भाद्र २०७९ , आइतबार

  • यौन सम्पर्कपछि श्रीमानको हत्या, टाउको काटेर शव खोलामा बगाइयो

    बागलुङ, ५ भदौ – बागलुङको निसीखोला गाउँपालिका-५ कामीडाँडाकी २५ वर्षिय तुलबहादुर बिकको आफ्नै श्रीमतीले हत्या गरेको रहस्य खुलेको छ । श्रीमती कुमारी कामीले २५ बर्षीय फर्से भनिने तुल बहादुर बिकको निर्मम हत्या गरेको प्रहरीले जनाएको छ ।

    आईतवार घटनामा संलग्नहरुलाई सार्वजनिक गर्दै प्रहरीले वेवारिसे अवस्थामा शव भेटिएका बिकको हत्या भएको जनाएको हो । बिकको टाउको चुँडिएको शव निसीखोला गाउँपालिका–४ कालीमाटी स्थित निसीखोला किनारमा भदौ १ गते भेटिएको थियो ।

    उनको साउन २५ गते रातीनै आफ्नै घरमा श्रीमतीले घन, खुकुरी र चिर्पट दाउराको सहायतामा हत्या गरेको प्रहरीले दावी गरेको छ ।

    ‘मदिराले मातेर आएर छोरीलाई कुटपिट गर्ने, आँफुलाई कुटपिट गर्ने गरेको अभियुक्तले बताएकी छन्’ प्रहरी उपरीक्षक दयानीधि ज्ञवाली भन्छन् ‘छोरी र बहिनीलाई घरको माथिल्लो तल्लामा राखेर, तल्लो तलामा सुतेका उनीहरु शारीरिक सम्पर्कपछि तुलबहादुर निदाए, शारीरिक सम्पर्कका बेला समेत अन्य महिलाको नाम लिएर बर्बराएपछि रिसले आगो भएकी उनले टाउकोमा घनले प्रहार गरी बेहोस बनाएको, त्यसपछि चिर्पटले हानेर हत्या गरेको बताएकी छन् ।’

    घनले हानेपछि बेहोस भएका बिकको टाउकोमा चिर्पट दाउराले चार÷पाँच पटक हानेर हत्या गरेको कुमारीले बयानमा बताएकी छन् ।
    ज्ञवाली भन्छन् ‘खुकुरीले आधा घाँटी रेट्छ, त्यसपछि डोकोमा हालेर लासलाई घरदेखि करिब २५ देखि ३० मिटर दुरीमा पुगिने निसीखोलामा लगेर फालेको खुलेको छ ।’
    साउन २५ गतेदेखि सम्पर्क बिहीन भएका बिकको टाउको नभएको सव भदौ १ गते निसीखोलामा भेटिएको थियो ।

    घट्ना बारे थप अनुसन्धानको लागि बिकको श्रीमती कुमारी कामी र १८ बर्षीया उनकी बहिनी मनिषा बिकलाई प्रहरीले नियन्त्रणमा लिई हत्या सम्बन्धी मुद्धा चलाएको छ । उनीहरुलाई गत भदौ ४ गते नियन्त्रणमा लिईएको हो ।

    निसीखोलामा टाउको नभएको सव भेटिए पछि प्रहरी उपरीक्षक दयानीधी ज्ञवालीको नेतृत्वमा अनुसन्धानको लागि निसीखोला पुगेको थियो । शरीरमा भएको ट्याटुको आधारमा सवको पहिचान भएपछि प्रहरीले थप अनुसन्धान गरेको थियो । उनले बिकको शरीर भेटिए पनि टाउको नभेटिएको बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend