१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

स्वेच्छिक कर्मचारी अवकासका लागि पोखरा महानगरको साढे १० करोड बजेट


जनमञ्च संवाददाता
  • १६ भाद्र २०७९ , बिहिबार

  • स्वेच्छिक कर्मचारी अवकासका लागि पोखरा महानगरको साढे १० करोड बजेट

    पोखरा, १६ भदौ – कर्मचारी घटाउन पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा स्वर्णिम कर्मचारी अवकास योजना अगाडि सारेको छ । यो योजनाका लागि महानगरले यसै बर्षलाई साढे १० करोड बजेट विनियोजन गरेको छ । कर्मचारी संख्या कटौती गर्न उनीहरुलाई स्वेच्छिक रुपमा अवकास लिन प्रेरित गर्ने गरी यो योजना ल्याएको महानगरले जनाएको छ ।

    योजना अनुसार पुराना करारका कर्मचारीले स्वेच्छिक अवकास लिन चाहेमा महानगरबाट निश्चित रकम पाउने छन् । महानगरका प्रवक्ता पोखरा २५ का वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले यो योजनामार्फत महानगरमा काम गरेको अवधिको आधारमा निश्चित रकम प्रदान गरिनेछ । ‘१ वर्ष अवधि पुगेकालाई १ महिनाको सेवा सुविधा, १५ वर्ष पुगेकालाई १५ महिनाको सेवा सुविधा प्रदान गरिनेछ,’ प्रवक्ता तिमिल्सिनाले भने ।

    महानगरमा ३५९ जना कर्मचारी करारमा कार्यरत छन् । करारमा कार्यरत कर्मचारीको म्याद हरेक वर्ष आर्थिक वर्षको मसान्तमा नवीकरण हुँदै आएको छ । यसपालि ६ महिना थप्ने निर्णय महानगरले गरिसकेको छ । २४ असारमा बसेको कार्यपालिका बैठकले ६ महिना थप म्याद थप गर्ने निर्णय गरेको थियो । महानगरले करारका कर्मचारीको पारिश्रमिकका लागि ९ करोड र नगर प्रहरीको पारिश्रमिकका लागि १ करोड ८० लाख बजेट विनियोजन गरेको छ ।

    नगर प्रहरी र आकस्मिक सेवाका लािग ४ पांग्रे सवारी साधन शीर्षकमा महानगरपालिकाले १ करोड रुपैयाँ रकम बजेट विनियोजन गरेको छ । सोही आवको सुरुआतमा महानगरपालिकामा नगर प्रहरीको संख्या वृद्धि गरेको थियो । महानगरमा नगर प्रहरीको संख्या बढाएर ५० पुर्‍याउने निर्णय भएको छ ।

    महानगरले आव ०७९/८० का लागि स्थायी कर्मचारीको तलबका लागि २६ करोड ५२ लाख बजेट विनियोजन गरेको छ । महानगरले स्थायी कर्मचारीको तलव पहिलो त्रैमासिकमा ८ करोड १६ लाख र दोस्रो, तेस्रो र चौथो त्रैमासिकमा समान ६ करोड १२ लाख विनियोजन गरेको छ । कर्मचारी पोसाक भत्ताका लागि महानगरले ८२ लाख ५० हजार बजेट विनियोजन गरेको छ । महानगरले पोखरा प्रवेशद्वार ब्युटिफिकेसन र पोखरा स्मारकको अध्ययत ब्रान्डिङ निर्माणका लागि समान १र१ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend