१३ साउन २०८३ , बुधबार

१३ साउन २०८३ , बुधबार
  • १३ साउन २०८३ , बुधबार
  • July 29 2026

युवा संघले शुद्ध खानेपानी माग गर्दै बागलुङ नगर खानेपानीमा गर्यो तालाबन्दी


जनमञ्च संवाददाता
  • २४ भाद्र २०७९ , शुक्रबार

  • युवा संघले शुद्ध खानेपानी माग गर्दै बागलुङ नगर खानेपानीमा गर्यो तालाबन्दी

    बागलुङ, २४ भदौ – बजारबासीलाई शुद्ध पानी खुवाउनुपर्ने माग गर्दै राष्ट्रिय युवा संघ नेपाल, बागलुङले नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यालयमा तालाबन्दी गरेको छ ।

    शुक्रवार बिहान ११ बजे कार्यालयमा पुगेका युवा संघका कार्यकर्ताले जनताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने खानेपानीमा लापरबाही भएको आरोप समेत लगाए । उनीहरुले संस्थाका प्रबन्धक हिमालप्रसाद शर्मालाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

    ती युवाले जनतालाई तत्काल शुद्ध खानेपानी बितरण नगरेमा ताला नखोल्ने चेतावनी समेत दिएका छन् । युवा संघका बागलुङ नगर अध्यक्ष निकेश अधिकारीको नेतृत्वमा पुगेको टोलीले संस्थाका प्रबन्धक हिमालप्रसाद शर्मालाई ज्ञापन पत्र बुझाएका हुन् । तालाबन्दी गरेको नगरपालिका र जिल्ला प्रशासनमा वोधार्थ समेत पठाएको अधिकारीले बताए ।

    संस्थाले ५ बर्षदेखि अधिवेसन नगरेको, बर्षातको समयमा खेत र खोलाको धमिलो पानी बितरण गरेर मानव स्वास्थ्यमा गम्भिर खेलवाड गरेको उनीहरुले आरोप लगाए । ‘पानी शुद्ध पारेर बितरण नगरेसम्म तालाबन्दी खोल्दैनौं’ अधिकारीले भने, ‘धमिलो पानीले लाग्ने रोगको उपचारमा पनि संस्थाले जिम्मा लिनुपर्छ ।’

    ज्ञापन पत्र बुझेका प्रबन्धक शर्माले भने आगामी मंसिरसम्म शुद्ध पानी खुवाउन नसक्ने बताए । ठेकेदार मार्फत काम भैरहेको र पटक पटक म्याद थपेर पुस मसान्त सम्म पुगेकोले त्यपछि मात्रै शुद्द पानी खुवाउन सकिने बताए । दश बर्ष अघि शुरु भएको बागलुङ नगर सहलगानी खानेपानी आयोजनाले काम नसक्दा बजारमा अझै शुद्ध पानी छैन ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend