११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

पोखरामा नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक


ढोरपाटन संवाददाता
  • २४ असोज २०७९ , सोमबार

  • पोखरामा नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक

    पोखरा, २४ असोज – पोखरामा नवौं राष्ट्रिय खेलकुदको मुख्य आयोजना स्थल पोखरामा ट्रफी सार्वजनिक गरिएको छ । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले सोमबार बिहान राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गरिेका हुन् ।

    ५ किलोग्राम चाँदी र २ तोला सुन प्रयोग गरिएको ट्रफी १० लाख रुपैयाँको लागतमा बनेको हो । नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले ट्रफीको डिजाइन गरेका हुन् । ट्रफीको निर्माण चाहिँ श्याम श्रेष्ठले गरेका हुन् । तीनपटक च्याम्पियन बन्नेले स्थायी रुपमा ट्रफी राख्न पाउने व्यवस्था गरिएको छ । ट्रफी सार्वजनिक गर्दै गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले खेलकुदसँग स्वास्थ्य,समृद्धि र कुटनीति जोडिएको बताए । खेलकुदको विकासको लागि गण्डकी प्रदेश सरकार प्रतिवद्ध रहेको उनको भनाइ थियो ।

    ट्रफीलाई ¥यालीसहित पोखराका विभिन्न ठाउँमा परिक्रमा गराइएको छ भने पोखराका मेयर धनराज आचार्यलाई हस्तान्तरण गरिएको छ । पोखरामा आइतबारदेखि नवौं राष्ट्रिय खेलकुदअन्तर्गतका खेलहरु संचालनमा आइसकेका छन् । असोज २८ गते औपचारिक उद्घाटन हुने प्रतियोगिता कात्तिक ३ गतेसम्म चल्नेछ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend