१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

मंसिर ४ निर्वाचन: यस्ता हुनेछन् मतदान गर्ने मतपत्रको रङ


जनमञ्च संवाददाता
  • २ मंसिर २०७९ , शुक्रबार

  • मंसिर ४ निर्वाचन: यस्ता हुनेछन् मतदान गर्ने मतपत्रको रङ

    बागलुङ, २ मंसिर – आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि हुने आम निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

    मतदानका लागि आयोगले कूल ८ करोड ४ लाख २१ हजार ५ सय मतपत्र छपाई गरी ढुवानी सम्पन्न गरिसकेको छ ।

    प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको निर्वाचन प्रणालीका लागि ४ करोड ६ लाख ५ मतपत्र छपाई गरिएको छ भने समानुपातिक निर्वाचन प्रणालीतर्फ ३ करोड ९८ लाख १६ हजार ५ सय मतपत्र छपाई गरी ढुवानी गरिसकिएको छ ।

    कुन मतपत्र कस्तो रङको हुन्छ ?

    प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ४ वटा मतपत्रमा मतदान गर्नुपर्ने हुन्छ । प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेदवारको एउटा र समानुपातिकको अर्को मतपत्र हुन्छ ।

    यस्तै प्रदेश सभाको एउटा प्रत्यक्ष उम्मेदवारको र अर्को समानुपातिक तर्फको गरी कुल ४ वटा मतपत्र हुन्छन्  । प्रतिनिधि सभा र प्रदेशसभाको प्रत्यक्ष तर्फको मतपत्र अर्थात उम्मेदवारलाई भोट दिने मतपत्र सेतो कागजमा रातो रङको मसीले लेखिएको विवरण र रातो रङको चिन्ह हुन्छ ।

    यस्तै राजनीतिक दललाई मत दिने अर्थात् समानुपातिक तर्फ प्रतिनिधि सभा र प्रदेश सभाको मतपत्र सेतो कागजमा कालो रङको अक्षर र चुनाव चिन्ह हुन्छ ।

    यो पटकको प्रतिनिधि सधा र प्रदेश सभा निर्वाचनका लागि प्रयोग हुने मतपत्रमा २ वटा मात्र रङ प्रयोग भएको आयोगका उपसचिव एवं सहप्रवक्ता सूर्यप्रसाद अर्यालले रातोपाटीलाई जानकारी दिए ।

    संक्षेपमा उम्मेदवारलाई भोट दिने मतपत्रमा रातो चुनाव चिन्ह हुन्छ भने समानुपातिक अर्थात् राजनीतिक दललाई भोट मतपत्रमा कालो रङको चुनाव चिन्ह हुन्छ ।

    गत बैशाखमा भएको स्थानीय निर्वाचनमा भने सेतो कागजमा हरियो रङको विवरण र हरियो रङको चुनाव चिन्ह रहेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend