मुस्ताङ, ५ मंसिर– नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन् । उनले नेकपा एमालेका प्रेम प्रसाद तुलाचनलाई ९ सय १४ मत अन्तरले हराए । योगेशले ३ हजार ९ सय ९२ मत पाउँदा प्रेम प्रसादले ३ हजार ७८ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रविण कुमार शेरचनले १३ मत पाएका छन् ।