जोमसोम, ५ मंसिर– मुस्ताङको प्रदेशसभा ९१० मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी भएका छन् । गुरुङले नेकपा (एमाले)का इन्द्रधारा विष्टलाई दुई सय ५५ मतान्तरले पराजित गर्दै विजयी बनेका हुन् । गुरुङले एक हजार ४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी विष्टले सात सय ९३ मत ल्याएका थिए । खसेको मतमध्ये १४ मत बदर भएको थियो । अहिले प्रदेशसभा (ख) को मतगणना जारी छ ।