१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

बागलुङमा पनि थालियो मतगणना


जनमञ्च संवाददाता
  • ५ मंसिर २०७९ , सोमबार

  • बागलुङमा पनि थालियो मतगणना

    बागलुङ, ५ मंसिर– बागलुङ निर्वाचन क्षेत्र नं १ र क्षेत्र नं २ को मतगणना सुरु भएको छ । आज दिउँसो साढे ४ बजेदेखि मत गन्न सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला समन्वय समितिको भवन बागलुङमा क्षेत्र नं १ र निर्वाचन अधिकृतको कार्यालय ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा क्षेत्र नं २ को मतगणना भइरहेको छ ।
    आइतबारको निर्वाचनमा बागलुङमा ५५ प्रतिशत मतदान भएको बताइएको छ । गत स्थानीय निर्वाचनमा ६९ प्रतिशत मतदान भएको थियो । जिल्लामा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा क्षेत्र रहेको छ । प्रतिनिधिसभाको क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा एमालेका केन्द्रीय सदस्य डा सूर्य पाठकलगायत चुनावी मैदानमा छन् भने क्षेत्र नं २ मा शिक्षामन्त्री तथा नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेललगायत चुनावी मैदानमा छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend