जोमसोम, ५ मंसिर– मुस्ताङको प्रदेशसभा (ख) मा पनि नेपाली कांग्रेसका विकल शेरचन निर्वाचित भएका छन् । शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई पराजित गरेका हुन् ।
शेरचनले २ हजार ७२३ मत ल्याएर प्रदेशसभामा निर्वाचित हुँदा गौचनले २ हजार ५६५ मत पाएका थिए । राप्रपा नेपालका कर्म ढोलक गुरुङले ५८ मत पाएका छन् । ५५ मद उक्त क्षेत्रमा बदर भएका थिए ।