१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

मुस्ताङमा यसवर्ष ६ हजार ६ सय मेट्रिकटन स्याउ उत्पादन


जनमञ्च संवाददाता
  • १२ मंसिर २०७९ , सोमबार

  • मुस्ताङमा यसवर्ष ६ हजार ६ सय मेट्रिकटन स्याउ उत्पादन

    मुस्ताङ, १२ मंसिर– जिल्लामा यसवर्ष ६ हजार ६ सय मेट्रिकटन स्याउ उत्पादन भएको छ । गत बर्षभन्दा १ हजार ३३ मेट्रिकटन बढी स्याउ उत्पादन भएको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको हो ।
    ज्ञान केन्द्रले किसानको बगंैचामा पुगेर स्याउको उत्पादन, बजारलगायतको सर्वेक्षण गरेको थियो । केन्द्रले क्रप कटिङ विधि र जिल्लाका स्थानीय स्याउ किसानसँग सोधपुछ गरी तथ्यांक तयार गरेको कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए ।
    २०७९÷०८० मा जिल्लाको कुल ५ सय ८० हेक्टर जमिनमा लगाइएको स्याउ बोटमा उक्त परिमाणमा स्याउ उत्पादन भएको हो । पाँचवटै स्थानीय तहमा १ हजार ४ सय ७५ हेक्टर जमिनमा स्याउ खेती गरिएको छ । ५ सय ८० हेक्टर जमिनको उत्पादनशील स्याउ बगैंचाको क्रप कटिङ सर्वेक्षण गर्दा जिल्लामा प्रतिहेक्टर ११ दशमलव ३७ मेट्रिकटन स्याउ उत्पादन हुने आँकलन गरिएको प्रमुख बस्ताकोटीले बताए ।
    यसैगरी जिल्लाको कुल स्याउ उत्पादनमध्ये यसवर्ष ४ सय ४० मेट्रिकटन उच्च घनत्व प्रविधिमा आधारित स्याउको उत्पादन भएको छ । मुस्ताङमा ३८ हेक्टर जमिनमा उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेती गरिएको छ । केही वर्षयता मुस्ताङका किसान धमाधम परम्परागत जातका स्याउ छाडेर उच्च घनत्व प्रविधिमा आधारित स्याउ लगाइरहेका छन् । केन्द्रले स्याउ विशेष कार्यक्रमका साथै स्याउ ब्लक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend