११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

यु १९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम प्रदेश विजयी


जनमञ्च संवाददाता
  • १४ मंसिर २०७९ , बुधबार

  • यु १९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम प्रदेश विजयी

    काठमाडौं, १४ मंसिर– यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिम प्रदेश मधेश प्रदेशलाई सात विकेटले पराजित गर्दै विजयी भएको हो । मधेश प्रदेशले सुदूरपश्चिमलाई जितका लागि एक सय २३ रनको लक्ष्य दिएको थियोे । त्यसमा सुदूरपश्चिमले १८ दशमलव पाँच ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा ग¥यो ।
    सुदूरपश्चिमको जितमा दीपक बोहोराले सर्वाधिक ५३ रनको अर्धशतकीय ईनिङ खेले । त्यस्तै अर्का खेलाडी दीपक बोहोराले २४ रन जोड्दा गजेन्द्र बोहोराले २३ रन जोडे । मधेशका लागि अविशेक तिवारीले दुई विकेट लिए भने साइमन रोयले एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङको निम्तो पाएको मधेश प्रदेशले ३८ दशमलव एक ओभरमा अलआउट हुँदै एक सय २२ रन बनाएको थियो । मधेश प्रदेशका लागि अलि अन्सारीले ३२ रन जोडे भने इम्रान शेखले २८ रन जोडे । मयन यादवले २३ तथा डब्लु मल्लिकले ११ रन बनाए ।
    सुदूरपश्चिमका लागि नरेन साउद एक्लैले पाँच विकेट लिए । हेमन्त धामीले तीन तथा युवराज खत्रीले दुई विकेट लिए । अपराजित सुदूरपश्चिमले पाँच खेलबाट १० अङ्क जोडेको छ । यो हारसँगै मधेश प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगितामा प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend