११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

सुदूरपश्चिमलाई यू–१९ राष्ट्रिय क्रिकेटको उपाधि


जनमञ्च संवाददाता
  • १९ मंसिर २०७९ , सोमबार

  • सुदूरपश्चिमलाई यू–१९ राष्ट्रिय क्रिकेटको उपाधि

    काठमाडौं, १९ मंसिर– लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्दै सुदुरपश्चिम प्रदेशले अण्डर–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । प्रतियोगिताभर अविजित रहेको सुदूरपश्चिमले प्रतियोगिताको उपाधि जितेको हो ।
    ६ खेलमा ६ खेल नै जितेर फाइनल पुगेको सुदूरले लुम्बिनीविरुद्ध सहज जित हात पारेको हो । जितका लागि पाएको ९३ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले २१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । सुदूरलाई बोलाउन दीपक बोहराले २५ तथा अनुराग सिंहले २२ रन बनाए । गजेन्द्र बोहरा ३९ रनमा नट आउट रहे ।
    लुम्बिनीका रमेश कुर्मीले २ तथा निर्मल गुरुङ र अभिषेक गौतमले समान १ विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनी २९.१ ओभरमा ९२ रन बनाउँदै अलआउट भएको थियो । लुम्बिनीका आकाश त्रिपाठीले ३८ र नर सार्कीले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।
    लुम्बिनीले अतिरिक्त १८ रन पाएको थियो । लुम्बिनीको इनिङ्स ध्वस्त पार्ने क्रममा सुदूरपश्चिमका मिलन बोहराले ५ विकेट लिए । २ मेडन फालेका उनले ९ ओभरमा मात्र १५ रन दिएका थिए । हेमन्त धामी र नरेन साउदले समान २ तथा आकाश चन्दले १ विकेट लिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend