२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026
अब मोरक्को र अर्जेन्टिनासँग भिड्ने

३२ वर्षपछि साबिक विजेता र उपविजेता नै सेमिफाइनलमा


जनमञ्च संवाददाता
  • २५ मंसिर २०७९ , आइतबार

  • ३२ वर्षपछि साबिक विजेता र उपविजेता नै सेमिफाइनलमा

    पोखरा, २५ मंसिर – विश्वकप फुटबलको सेमिफाइनलमा साबिक विजेता र उपविजेताले पनि स्थान बनाएका छन्। आइतबार बिहान सकिएको क्वार्टरफाइनलको अन्तिम खेलमा इंग्ल्याण्डलाई पराजित गर्दै साविक विजेता फ्रान्सले अन्तिम ४ मा स्थान बनाएको हो।

    यसअघि शुक्रबार ब्राजिललाई पराजित गर्दै साविक उपविजेता क्रोएसिया पनि लगातार सेमिफाइनलमा प्रवेश गरेको छ।

    २०१८ को विश्वकपमा फ्रान्सले ४–२ ले क्रोएसियालाई पराजित गर्दै दोस्रोपटक उपाधि जितेको थियो।

    साविक विजेता र उपविजेताले नै अन्तिम ४ मा स्थान बनाएको यो ३२ वर्षपछि हो। यसअघि १९९० मा अर्जेन्टिना र जर्मनी सेमिफाइनलमा पुगेका थिए।


    अर्जेन्टिनाले १९८६ मा जर्मनीलाई पराजित गर्दै उपाधि जितेको थियो। १९९० को फाइनलमा पनि यी दुवै टोली पुगेका थिए। फाइनलमा जर्मनीले अर्जेन्टिनासँग बदला लिँदै उपाधि जितेको थियो। 

    अब फाइनल प्रवेशका लागि फ्रान्सले मोरक्को र क्रोएसियाले अर्जेन्टिनाको सामना गर्नेछन्। मोरक्को पोर्चुगललाई पराजित गर्दै पहिलोपटक सेमिफाइनलमा पुगेको छ।

    अर्जेन्टिना २०१४ को विश्वकपमा फाइनलमा पुगेको थियो। तर २०१८ मा फ्रान्ससँग पराजित भएर अन्तिम १६ बाटै बाहिरिएको थियो। अर्जेन्टिनाले नेदरल्याण्डलाई पराजित गर्दै अन्तिम ४ मा स्थान बनाएको हो।

    आ–आफ्नो खेलमा विजयी भए फेरि पनि विश्वकपको फाइनलमा गत संस्करणकै टोली दोहोरिने छ। तर त्यसका लागि फ्रान्सले मोरक्को र क्रोएसियाले अर्जेन्टिनालाई पन्छाउनु पर्छ।

    मोरक्कोले जारी विश्वकपमा बेल्जियम, स्पेन र पोर्चुगललाई पराजित गरेको थियो। यता अर्जेन्टिनाले नेदरल्याण्ड्स, पोल्याण्ड, अष्ट्रेलियालाई पराजित गरेको छ। लियोनल मेस्सीको टोली उनको कप्तानीमा विश्वकप जित्ने लक्ष्यमा छ।

    यसअघिको विश्वकपमा सेमिफाइनलमा ४ वटै युरोपियन राष्ट्र पुगेका थिए। तर यो पटक दक्षिण अमेरिकी अर्जेन्टिना र अफ्रिकन मोरक्कोले पनि सेमिफाइनलमा स्थान बनाएका छन्।

    सेमिफाइनलको पहिलो खेलमा आगामी मंगलबार राति पौने १ बजे क्रोएसिया र अर्जेन्टिना तथा बुधबार राति पौने १ बजे फ्रान्स र मोरक्को भिड्ने छन्।

    तेस्रो स्थानको लागि शनिबार राति पौने ९ बजे र फाइनल खेल आइतबार राति पौन ९ बजे हुनेछ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend