२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

बालिका बलात्कार आरोपमा तीन किशोर पक्राउ


जनमञ्च संवाददाता
  • २६ मंसिर २०७९ , सोमबार

  • बालिका बलात्कार आरोपमा तीन किशोर पक्राउ

    बागलुङ, २६ मंसिर– बालिका बलात्कारको आरोपमा बागलुङका तीन किशोर पक्राउ परेका छन् । बागलुङ नगरपालिका–२ समिट चोकमा रहेको एक होटलमा राखी तीन जना बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
    पक्राउ पर्नेहरुमा हाल पोखरा बस्दै आएका बागलुङको गलकोट नगरपालिका–९ घरका २३ वर्षीय अशोक दर्लामी, रुपन्देहीको तिलोत्तमा नगरपालिका घर भएका १९ वर्षीय राहुल थापा र धादिङ कटुथे गाउँपालिका घर भएका १७ वर्षीया एक किशोर रहेको प्रदेश प्रहरीले जनाएको छ ।
    १६ बर्षिया र १५/१५ वर्षिया तीन जना बालिकालाई जर्बजस्ती करणी गरेको आरोप प्रहरीको छ । शनिबार बिहान घरबाट हिँडेका बालिकाहरु अबेरसम्म घर नफर्किएपछि परिवारले खोजी गर्ने क्रममा उनीहरुलाई होटलमा फेला पारेर प्रहरीलाई खबर गरेको थियो । जानकारी पाउँदा साथ घटनास्थल पुगेको प्रहरीले उनीहरु छ जनालाई नै होटलमा भेटेको थियो । जर्बजस्ती करणी गरेको जानकारी पाएपश्चात उनीहरुलाई नियन्त्रणमा लिएको गण्डकी प्रदेशले जनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend