२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

गलकोटलाई बालमैत्री बनाउने घोषणाको दुई वर्ष : पूरा भएनन् सूचक


जनमञ्च संवाददाता
  • २ पौस २०७९ , शनिबार

  • गलकोटलाई बालमैत्री बनाउने घोषणाको दुई वर्ष : पूरा भएनन् सूचक

    बागलुङ, २ पुस– जिल्लाको गलकोट नगरपालिकालाई एक बर्षभित्रै बालमैत्री नगर बनाउने घोषणा गरिएपनि दुई बर्ष बितिसक्दा समेत सबै सूचकहरु पुरा हुन सकेका छैनन् ।
    २०७७ माघमा नगरपालिकाले एक बर्षभित्रै बालमैत्री नगर घोषणाका लागि आवश्यक सूचकहरु पुरा गर्ने अभियान थालेको थियो । अभियानले सार्थकता नपाएपछि चालु बर्षभित्रै नगरलाई बालमैत्री नगर घोषणा गर्न अभिभावकको तहबाट आवाज उठ्न थालेको छ ।
    गलकोटले पुस २ गते नगरका ११ ओटै वडालाई निकृष्ट बालश्रम र बालबिबाह मुक्त वडा घोषणा गर्दैछ । ‘कोरोना महामारीले भनेको समयमा घोषणा गर्न सकेनौं, त्यसपछि निर्वाचनको आचार संहिताले रोक्यो’ नगरप्रमुख भरत शर्मा गैरेले भने ‘अब छिट्टै जिल्लाकै पहिलो बालमैत्री नगर घोषणा गर्छौं ।’
    नगरलाई बालमैत्री बनाउन विद्यालय तहबाटै अभियान सुरु भएका थिए । स्थानीय शासन तथा बालमैत्री नगर बन्न आवश्यक ५१ सूचकमध्ये १२ वटा शिक्षा र १३ वटा स्वास्थ्य सूचकका लागि विद्यालय र स्वास्थ्यचौकी तहबाट काम भैरहेको गैरेले जानकारी दिए ।
    समुदायमा पूरा गर्ने सूचकका लागि विभिन्न कार्यक्रम भइरहेको प्रमुख प्रशासकीय अधिकृत गंगा भुजेलले बताए । ‘बालमैत्री नगर समुदायको सोँच बदल्ने कुरा अन्य पूर्वाधार बनाए जस्तो सहज होईन, हामी निरन्तर अभियानमा छौं, सफल हुन्छौ’ भुजेलले भने ।
    पुस्तकालय, खेलमैदान, शौचालय, धारालगायत आवश्यक पूर्वाधार बालबालिकाको पहुँच पुग्नेगरी निर्माण भएका छन् । गलकोटका विद्यालयमा छात्रा महिनावारी हुँदा नुहाउने, कपडा फेर्ने र सेनिटरी प्याड लगाउन पाउने गरी पूर्वाधार निर्माण भएर प्रयोगमा आइसकेको नगरपालिकाले जनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend